२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सम्भव होला एमाले र नेकपाबीचको सहकार्य ?

312
shares

 

काठमाडौं । २०८२ फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा नराम्रोसँग पराजित भएका पुराना दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, राप्रपा, जसपा लगायतका दलहरु पछिल्लो समयमा पार्टीगत कार्यका लागि सक्रिय हुन थालेका छन् ।
नेपाली कांग्रेसले १५ औं महाधिवेशन गरेर गगन थापालाई सभापतिमा निर्वाचित गरेपनि शेरबहादुर देउवा पक्ष १५ औं महाधिवेशनमा सहभागि नभएको हुनाले कांग्रेस विभाजनको मुखमा पुगेको छ भने देउवा पक्षले समेत मंसिरमा १५ औं महाविधेशन गर्ने मिति नै तोकिसकेको र त्यहीअनुरुप अघि बढेको छ ।
नेकपा एमालेले केन्द्रीय समिति, स्थायी समितिको बैठक सम्पन्न गरेर आउँदो प्रदेश सभाको निर्वाचन र स्थानीय तहको निर्वाचनको तयारीका लागि विभिन्न कार्यक्रम गरी रहेको बेला नेकपाले एमालेसँग प्रदेश सभा र स्थानीय तहको निर्वाचनका लागि सहकार्य गर्ने उद्घोष गरेको छ ।
एमालेका अध्यक्ष ओली र नेकपाको संयोजक पुष्पकमल दाहालले सहकार्यका लागि दुवै दलले तल्लो तहका कमिटीलाई सहकार्यको खाका तयार गर्न अनौपचारिक निर्देशन दिईसकेका छन् । दुई पार्टीबीच थप विश्वास आर्जन गरीरहेका छन् । माथिबाट नभई स्थानीय तहबाटै स्थानीयस्तरमै बलियो समझदारी बनाउने कार्यमा लागेको एमालेका नेताहरुले बताएका छन् भने नेकपाका नेताहरुले समेत आफूहरुले सहकार्यको सुरुवात गरिसकेको भन्दै आगामी दिनमा सडक सदन र निर्वाचनसम्म पनि सहकार्यको ढोका खोलिसकेको बताउँदै संविधान र लोकतन्त्रको रक्षा लगायतका विषयहरु सहकार्य गर्ने उद्घोष गरिरहेकाले आउँदो प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा समेत एमाले र नेकपाबीचको सहकार्य हुन सक्ने सम्भावना बढेर गएको छ । प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा सहकार्य भएको खण्डमा २०८७ सालमा हुने प्रतिनिधिसभाको निर्वाचन हुने बेलासम्ममा नेकपा एमाले र नेकपाबीच पार्टी एकता हुन सक्ने ढोका खुल्न सक्छ ।
यी दुवै पार्टी एक्लाएक्लै निवाचनमा गएको खण्डमा गत फागुन २१ गतेको निर्वाचनमा पराजित भएजस्तै फेरी पराजित हुन सक्ने भय दुवै पार्टीलाई भएको हुनाले उनीहरुबीचमा बलियो र भरपर्दो सहकार्य र त्यसपछि पार्टी एकताले नै बलियो कम्युनिष्ट पार्टी बन्न सक्छ भन्ने हेक्का दुवै दलका नेताहरुलाई होस् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports