२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनपीएल आज २ खेल हुने : काठमाडौ र सुदूपश्चि तथा चितवन र जनकपुरबीच खेल हुदैँ

39
shares

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज पनि दुई खेल हुँदैछ ।

त्रिवि क्रिकेट मैदानमा आज दिउँसो १२ः३० बजेदेखि सुरु हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।जारी प्रतियोगितामा काठमाडौंले ५ खेलमा ४ जित र एक हारसहित ८ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ भने सुदूरपश्चिम रोयल्सले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेको छ । रनरेटका आधारमा सुदूरपश्चिम तेस्रो स्थानमा रहेको छ । सुदूरपश्चिमको यो लिग चरणको अन्तिम खेल रहेको छ ।

त्यसैगरी, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स भिड्दैछ ।चितवन राइनोजले ५ खेलमा ५ अंक हासिल गरेको छ र अंक तालिकामा पाँचौ स्थानमा रहेको छ ।

त्यस्तै, जनकपुर बोल्ट्सले ६ खेलमा ४ अंक हासिल गरेको छ र तालिकामा छैटौं स्थानमा रहेको छ । जनकपुर बोल्ट्सको यो लिग चरणको अन्तिम खेल समेत हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports