२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ताइवानसँग एकीकरण भएरै छाडने चिनीया राष्ट्रपति सीको दावी

39
shares

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले ताइवानसँगको एकीकरणप्रतिको प्रतिबद्धता दोहोर्‍याउँदै मातृभूमिको एकीकरणलाई इतिहासको अपरिहार्य दिशा बताएका छन् ।

बिहीबार (नोभेम्बर १२) बेइजिङमा नेता सन यात–सेनको १६०औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सीले ताइवान मुद्दाको समाधान गर्नु चिनियाँ कम्युनिस्ट पार्टीको ‘अटल ऐतिहासिक मिसन’ भएको बताए ।उनले इतिहासको बहाव रोक्न नसकिने र चीनको एकीकरण भएरै छाड्ने दाबी गरे । यद्यपि, उनले सम्बोधनमा बल प्रयोगको सम्भावनाबारे कुनै उल्लेख गरेनन् ।

सीले चीन ‘शान्तिपूर्ण एकीकरण’ र ‘एक देश, दुई व्यवस्था’ को नीतिमा प्रतिबद्ध रहेको बताए । साथै, ‘एक चीन’ सिद्धान्तका आधारमा ताइवानसँग वार्ता गर्न चीन तयार रहेको उनको भनाइ थियो । उनले ताइवानको स्वतन्त्रतालाई समर्थन गर्ने शक्तिहरूको विरोध गर्न र दुवै पक्षबीच शान्तिपूर्ण सम्बन्ध तथा विकासलाई अघि बढाउन आह्वान गरे ।

तर, ताइवानले लामो समयदेखि चीनको सार्वभौमिकताको दाबी अस्वीकार गर्दै आएको छ । त्यहाँका प्रमुख राजनीतिक दलहरूले पनि बेइजिङले प्रस्ताव गरेको ‘एक देश, दुई व्यवस्था’ मोडललाई समर्थन गरेका छैनन् ।सीको पछिल्लो अभिव्यक्ति अर्को साता शेनझेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनअघि आएको हो । उक्त सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको भेटवार्ता हुन सक्ने सम्भावना छ ।

यसैबीच, ताइवानमा पनि स्थानीय निर्वाचन नजिकिँदै छ । ताइवानका राष्ट्रपति लाइ चिङ–तेले यसअघि नै टापुको भविष्य त्यहाँका जनताले मात्रै निर्धारण गर्ने बताएका थिए । चीनले उनलाई अलगाववादी नेताका रूपमा चित्रण गर्दै आएको छ र उनको सरकारसँग औपचारिक संवाद गर्न अस्वीकार गर्दै आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports