पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय तहको निर्वाचन बारे छलफल गर्न निर्वाचन आयोगले बोलायो दलहरूलाई

572
shares

काठमाडौं । स्थानीय तहको चुनावको मिति बारे छलफल गर्न निर्वाचन आयोगले दलहरूलाई बोलाएको छ ।

राष्ट्रिय दलको मान्यता प्राप्त गरेका दलहरूलाई छलफलका लागि मंसिर ४ गतेका लागि डाकिएको निर्वाचन आयोगका आयुक्त गुरुप्रसाद वाग्लेले जानकारी दिए । प्रतिनिधि सभामा ६ दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् ।

प्रतिनिधि सभामा रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा राष्ट्रिय दल छन् । प्रतिनिधि सभामा राष्ट्रिय दलको मान्यता नपाएका जसपा नेपाल र राष्ट्रिय जनमोर्चा पनि राष्ट्रिय दल हुन् ।

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी बैशाखमा सकिँदैछ । निर्वाचन आयोगले मंसिर ४ गते स्थानीय तहको निर्वाचनको मितिबारे छलफल गर्न दलहरूलाई डाकेको नेपाली कांग्रेसका सभापति गगन थापाले पनि जानकारी गराएका छन् ।

छठ पर्व मनाउन सर्लाही पुगेका थापा स्थानीय नेता कार्यकर्तासँग निर्वाचन आयोगले आमन्त्रण गरेको जानकारी गराएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports