पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमान्डु गोर्खाज ५५ रनले पराजित

663
shares

काठमाडौं । कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रमक ब्याटिङ अनी दिनेश खरेलको शानदार बलिङमा पोखरा नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार काठमान्डु गोर्खाजलाई ५५ रनले पराजित गरेको छ ।

कुशल भुर्तेल र युवराज सिंह्य सम्राको आक्रमक ब्याटिङमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले एनपीएलकै ठूलो स्कोर बनाउने क्रममा २२४ रन जोडेको थियो ।पोखराले दिएको २२५ रनको उच्च लक्ष्य पछ्याएको पोखराले १९. ओभर खेल्दै सबै विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो । पोखराका लागि ओपनर साहित पटेलले सर्वाधिक ३४ र रासिद खानले ३१ रन बनाए ।

यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको पोखराले लिग चरणको अन्तिम खेलमा काठमान्डु विरुद्ध कीर्तिमानको वर्षा गर्दै शानदार जित हात पारेर प्रतियोगिता सकाएको हो । पोखराले लिग चरणमा दोस्रो जित निकाल्दै ७ खेलबाट ४ अंक जोड्यो र सातौं स्थानमा लिग सकायो ।उता काठमान्डुका लागि भने यो हारले क्वालिफायर खेल्ने अभियानमा धक्का लागेको छ ।

७ खेलमा ४ जित र ३ हारबाट ८ अंक जोडेको काठमान्डु लिगमा तेस्रो स्थानमा रहँदा अब एलिमिनेटर खेल्नुपर्ने भएको छ । काठमान्डुले क्वालिफायर पुग्नका लागि अब बुधबार चितवन राइनोजसँग एलिमिनेटर खेल्नेछ ।साविक विजेता लुम्बिनी लायन्स ११ अंक जोडेर लिगमा पहिलो र सुदूरपश्चिम रोएल्स १० अंक जोडेर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्ने भएका छन् । यो खेल मंगलबार हुनेछ ।

बलिङमा पोखराका दिनेश खरेलले शानदार बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । बिपिन खत्रीले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । रमेश मेन्डिस, सन्नी विक र युवराज सम्राले १-१ विकेट लिए । पोखरा एनपीएलमा एकै सिजन दुई पटक २०० भन्दा माथिको रन बनाउने पहिलो टिम बन्यो । यसअघि कर्णाली याक्स विरुद्ध पोखराले २१७ रन बनाएको थियो ।

पोखराका लागि कुशल भुर्तेल शतक बनाउनबाट १ रनले मात्र चुके । उनले सर्वाधिक ९९ रन बनाए । ५१ बल खेलेका भुर्तेलले ८ चौका र ८ छक्का प्रहार गरे । ओपनर युवराज सम्राले ५५ बल खेल्दै ८ चौका र ५ छक्का मदतमा ८९ रन बनाए । ओपनर अर्जुन कुमाल ५ रन बनाएर तेस्रो ओभरको दोस्रो बलमा आउट भएपछि कुशल भुर्तेल क्रिजमा पुगेका थिए । त्यसपछि ओपनर सम्रा र भुर्तेलले आक्रमक ब्याटिङ गर्दै पोखराको स्कोर २०० कटाएका हुन् ।

कुशल र युवराजले दोस्रो विकेटका लागि एनपीएलको कीर्तिमानी १८६ रनको साझेदारी गरेका थिए । एनपीएलमा यो अहिलेसम्मको ठूलो साझेदारी हो । यसअघि २०२४ मा भएको एनपीएलको पहिलो संस्करणमा पोखराकै आन्द्रे गौस र दिनेश खरेलले लुम्बिनी लायन्स विरुद्ध पहिलो विकेटका लागि अविजित १७६ रनको साझेदारी गरेका थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports