पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निर्देशनपछि भन्सार विभाग मातहत २ सय ७२ अधिकृत र नायबसुब्बा (नासु) को सरुवा रद्द

1.03K
shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निर्देशनपछि भन्सार विभाग मातहत २ सय ७२ अधिकृत र नायबसुब्बा (नासु) को सरुवा रद्द भएको छ ।

भन्सार विभागले २० कात्तिकमा ६९ अधिकृत र २ सय ३ नायबसुब्बाको विभाग अन्तर्गतका कार्यालयहरूमा सरुवा गरेको थियो ।तर, सरुवा पारदर्शी नभएको भन्दै उजुरी परेपछि अर्थमन्त्री वाग्लेले सबै तहको सरुवा रद्द गर्न सोमबार निर्देशन दिएका थिए ।

‘सरुवा पारदर्शी र न्यायोचित नभएको भन्ने गम्भीर सूचना र उजुरी प्राप्त भएका कारण तत्काल उक्त सरुवा निर्णय रद्द गर्नू,’ अर्थमन्त्रीले मन्त्रालय र विभागको नेतृत्वलाई भने, ‘पारदर्शी र प्रविधिमैत्री प्रणाली विकास गरेर नयाँ विधिबाट सरुवा गर्नू ।’अर्थमन्त्रीको निर्देशनपछि सोमबार नै निमित्त अर्थ सचिव डा. सुमन दाहालले सरुवा निर्णय रद्द गर्न भन्सार विभागलाई लिखित पत्राचार गरेका थिए । त्यसपछि भन्सार विभागले सरुवा रद्द गरेको हो ।

मन्त्रालयको लिखित निर्देशनपछि २० कात्तिकमा सरुवा भएका ६९ अधिकृत र २ सय ३ नायबसुब्बाको सरुवा रद्द भएको भन्सार विभागले जनाएको छ । अब मन्त्रालयले विकास गर्ने प्रविधिमैत्री प्रणाली टेकेर मापदण्डका आधारमा विभागले नयाँ सरुवा गर्ने छ । साथै, सरुवा अपारदर्शी भएको सन्दर्भमा छानबिन गर्न पनि अर्थमन्त्री वाग्लेले मन्त्रालयका उच्च अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

मन्त्रालयले यस सन्दर्भमा आन्तरिक छानबिन समेत सुरु गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports