अमेरिकी डलर सहित यी विदेशी मुद्राको मूल्य घट्यो : यस्तो छ आज बुधवारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर
वि.सं.२०८३ मंसिर २ बुधवार ०८:५५
shares

नेपाल राष्ट्र बैंकले आज मंसिर २ गते बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
जसअनुसार आज अमेरिकन डलर, युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङलगायत सबैजसो विदेशी मुद्राको मूल्य लगातार दोस्रो दिन घटेको छ।राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलर १ को खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ।युरोपियन युरो १ को खरिददर १६४ रुपैयाँ १२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ९० पैसा र बिक्रीदर १९७ रुपैयाँ ६९ पैसा, स्विस फ्र्याङ्क १ को खरिददर १७८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७९ पैसा कायम गरिएको छ।
अस्ट्रेलियन डलर १ को खरिददर १०० रुपैयाँ ४९ पैसा र बिक्रीदर १०० रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर १ को खरिददर १०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०४ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर १ को खरिददर ११५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा तोकिएको छ।जापानी येन १० को खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३९ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९४ पैसा, कतारी रियाल १ को खरिददर ४० रुपैयाँ ९५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ११ पैसा कायम भएको छ।
राष्ट्र बैंकका अनुसार थाई भाट १ को खरिददर चार रुपैयाँ ४१ पैसा र बिक्रीदर चार रुपैयाँ ४३ पैसा, यूएई दिराम १ को खरिददर ४० रुपैयाँ ६४ पैसा र बिक्रीदर ४० रुपैयाँ ८० पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६१ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ १७ पैसा र बिक्रीदर ११ रुपैयाँ २२ पैसा, स्विडिस क्रोनर १ को खरिददर १४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४ रुपैयाँ ८४ पैसा र डेनिस क्रोनर १ को खरिददर २१ रुपैयाँ ९५ पैसा र बिक्रीदर २२ रुपैयाँ ०४ पैसा तोकिएको छ।
यस्तै आज हङकङ डलर १ को खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा, कुवेती दिनार १ को खरिददर ४८३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४८५ रुपैयाँ ३० पैसा, बहराइन दिनार १ को खरिददर ३९५ रुपैयाँ ७१ पैसा बिक्रीदर ३९७ रुपैयाँ ३० पैसा, ओमनी रियाल १ को खरिददर ३८७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३८९ रुपैयाँ २३ पैसा राखिएको छ।


































