पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जिल्ला प्रशासन कार्यालय काठमाडौँको जिल्लाभरका व्यापार, व्यवसाय तथा बजार क्षेत्र चौबिसै घण्टा खुला गर्ने तयारी

546
shares

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाभरका व्यापार, व्यवसाय तथा बजार क्षेत्र चौबिसै घण्टा खुला गर्ने तयारी थालेको छ । त्यसका लागि आवश्यक सुरक्षा व्यवस्था र पूर्वाधार सुनिश्चित गर्ने काम भइरहेको कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले मंगलबार एक सूचना जारी गर्दै काठमाडौँका सबै क्षेत्र चौबिसै घण्टा खुला गर्ने उद्देश्यसहित रणनीतिक तयारी भइरहेको जानकारी दिएका हुन् ।हाल काठमाडौँका दरबारमार्ग र ठमेल क्षेत्र चौबिसै घण्टा खुला छन् । ती क्षेत्रबाहेक जिल्लाका अन्य स्थानमा पनि व्यापार, व्यवसाय तथा बजार क्षेत्र चौबिसै घण्टा सञ्चालन गर्ने सम्बन्धमा स्थानीय तह, विभिन्न विभाग तथा कार्यालय, यातायात व्यवसायी र निजी क्षेत्रसँग समन्वयात्मक बैठक आयोजना गर्ने प्रशासनको तयारी छ ।

कार्यालयका अनुसार काठमाडौँ नेपालको सङ्घीय राजधानी र महत्त्वपूर्ण स्थान भएकाले जिल्लाभर चौबिसै घण्टा सेवा सञ्चालन गर्न भरपर्दो सुरक्षा प्रबन्धसँगै आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्नेछ । त्यसका लागि सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी र सडक बत्तीको पर्याप्त व्यवस्था गर्नुपर्ने प्रशासनको भनाइ छ ।वृहत् तयारी पूरा भएपछि मात्र काठमाडौँका सबै क्षेत्र चौबिसै घण्टा खुला गर्ने निर्णय गरिने सूचनामा उल्लेख छ ।

प्रशासनले तत्कालका लागि दरबारमार्ग र ठमेलबाहेक अन्य स्थानका व्यवसायीलाई भने साविककै समयअनुसार व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । अर्को सूचना जारी नभएसम्म तोकिएको समयसीमाभन्दा बाहिर व्यवसाय सञ्चालन नगर्न प्रशासनले सूचित गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports