पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दानबहादुर कार्कीको पुनर्वहाली माग बारेमा मंसिर ७ गते सोमबार दुबै पक्षबीच सर्बोच्च अदालतमा छलफल हुने

416
shares

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अर्को सुनुवाइका लागि मिति तोकेको छ। कार्कीको मागअनुसार अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न अदालतले आगामी सोमबार मंसिर ७ गते दुवै पक्षलाई बोलाएको हो।

न्यायाधीश श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेशबारे निर्णय गर्नुअघि दुवै पक्षको धारणा सुन्ने आदेश दिएको छ। सो दिन कार्कीका तर्फबाट उपस्थित कानुन व्यवसायी, सरकारको निर्णयको प्रतिरक्षा गर्ने सरकारी वकिल तथा नवनियुक्त आईजीपी डा। मनोज केसीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले आ–आफ्नो पक्ष राख्नेछन्।

यसअघि बुधबार भएको सुनुवाइमा सर्वोच्चले तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो। दुवै पक्षको बहस सुनेपछि मात्रै अन्तरिम आदेश दिने वा नदिनेबारे निर्णय गर्ने भन्दै छलफलका लागि बोलाइएको हो।मन्त्रिपरिषद्ले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर डा। केसीलाई नयाँ आईजीपी नियुक्त गरेको थियो। उक्त निर्णय गैरकानुनी भएको दाबी गर्दै कार्कीले आफूलाई पदमा पुनर्बहाली गर्न मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

अब मंसिर ७ गते हुने सुनुवाइपछि कार्कीको मागअनुसार अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा अदालतले निर्णय गर्नेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports