पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चितवन राइनोज एनपीएलको दोस्रो क्वालिफायरमा प्रवेश

429
shares

काठमाडौं । कमिल मिशाराको शानदार शतक र बलरहरुको उत्कृष्ट प्रदर्शनमा काठमान्डु गोर्खाजलाई पराजित गर्दै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । टीयू मैदानमा बुधबार भएको एलिमिनेटरमा चितवनले काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गरेको हो ।

चितवनले अब फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ । यस खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै फाइनल प्रवेश गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ओपनिङ ब्याटर कमिशल मिशाराको अविजित शतकमा मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो । २०५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा आएको काठमान्डुले पूरै २० ओभर ब्याटिङ गरेपनि ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।

काठमान्डुका लागि विलियम बोसिस्टोले २८ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा सर्वाधिक ३७ रन बनाए । भीम सार्कीले अविजित ३० रन जोडे ।  चितवनका लागि बलिङमा रिजन ढकालले शानदार बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । उसामा मिरले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports