पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रारम्भिक मापनमा घटयो काठमाडौ उपत्यकाको न्यूनतम तापक्रम

52
shares

काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ।

नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विष्णु घिमिरेका अनुसार आज (बिहीबार) बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस देखिएको छ। हिजो बुधबार यो बेला ९.८ डिग्री सेल्सियस देखिएको थियो।

यद्यपि पछि अन्तिम मापनमा (बिहान ८:४५ बजे) भने बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस कायम भएको थियो।आजको पनि अन्तिम मापन अहिले त्यही समय (बिहान ८:४५ बजे) हुनेछ। जतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थोरै अरू घट्ने सम्भावना हुन्छ। तर कहिलेकाहीँ सुरुवातकै कायम रहन पनि सक्छ।

मौसमविद्का अनुसार राति आकाश बादलले ढाक्दा बिहान न्यूनतम तापक्रम बढ्छ भने रातभर आकाश खुला रहँदा घट्छ।मौसम पूर्वानुमान महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ।न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports