पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुई पूर्वमन्त्री सहित ६ जना पक्राउ

65
shares

काठमाडौं । वैदेशिक रोजगारीका नाममा गैरकानुनी रूपमा रकम संकलन गरी मलेसिया पठाएको आरोपमा प्रहरीले पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन श्रममन्त्री शेरबहादुर कुँवर, पूर्वमन्त्री रामेश्वर राय यादव, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिव उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानुन उपसचिव निर्मला गुरुङ रहेको जनाएको छ।

नेपाल र मलेसियाबीच भएको श्रमसम्बन्धी समझदारीविपरीत रकम संकलन गरी अमेरिकी डलर र बेलायती पाउन्ड मलेसिया पठाउने निर्णयमा उनीहरू संलग्न रहेको आरोप छ। अधिकार क्षेत्रभन्दा बाहिर गएर पदको दुरुपयोग गर्दै संगठित रूपमा आर्थिक लाभ लिएको आशंकामा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित निकायबाट प्राप्त पत्र तथा जाहेरीका आधारमा अनुसन्धान गरिएको हो। काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनीहरूलाई काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports