सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बीमा दाबी भुक्तानी तोकिएकै समयमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन : अध्यक्ष सिलवाल

650
shares

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी भुक्तानी मनोगत रुपमा नगरी तोकिएकै समयमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् ।

बीमा समितिको आयोजनामा आइतबार ललितपुरमा जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु सँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले बीमा दाबी भुक्तानी जानेर बुझेर पनि समयमै नदिएमा दाबी भुक्तानी अवधि पछि दिनगन्ती गरेर बीमा रकमको व्याज समेत दिनुपर्ने व्यवस्था गरिने बताए । अध्यक्ष सिलवालले देशमा बीमा क्षेत्रको समग्र विकास एवम् विस्तारका साथै बीमितको हित रक्षा गर्नु बीमा समितिको मुख्य कार्य भएको उल्लेख गर्दै बीमा सम्बन्धी ऐन, नियम र निर्देशिका तथा बीमा समितिको निर्देशन अनुसार राम्रो काम गर्ने कम्पनीलाई प्रशंसापत्र दिने र कानुन उल्लङ्घन गरी गलत काम गर्नेलाई भने कारवाही गरिने स्पष्ट गरे ।

उनले बीमा समितिले राष्ट्रिय बीमा नीति ल्याउन सरकारलाई आग्रह गर्दै आएको र त्यसको मस्यौदा समेत बुझाइसकेको उल्लेख गर्दै त्यसलाई आवश्यक छलफल गरेर अघि बढाउन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग तयार रहेको जानकारी दिए । अध्यक्ष सिलवालले भने, ‘आगामी १० वर्ष पछि बीमाको रकम बैङ्कको भन्दा पनि बढी हुन्छ, अब हरेक विषयमा बीमा केन्द्रित हुनुपर्छ र बीमा रकमको लगानी सुनिश्चित गर्नुपर्छ ।’

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरुका लागि एकीकृत सफ्टवेर निर्माण गर्ने कार्यको समितिले नेतृत्व गर्ने बताउँदै बीमा कम्पनीका कर्मचारी, बीमा अभिकर्ता लगायतलाई सक्षम बनाउनका लागि तालिम दिन इन्सुरेन्स इन्ष्टिच्युट नेपाललाई अनुमती दिइएको जानकारी दिए । कार्यकारी निर्देशक पौडेलले समितिले एकीकृत निर्देशिका चाँडै ल्याउने जानकारी दिनुहुँदै बीमा दाबी भुक्तानी छिटोभन्दा छिटो गरेर बीमप्रतिको विश्वास कायम राख्न आग्रह गरे ।

बीमा समितिका निर्देशक पूजन ढुङ्गेल अधिकारीले बीमालेख र बीमाङ्कीय सम्बन्धी जानकारी दिए । बीमा समितिका बीमाङ्की प्रेक्षा माथेमाले बीमाङ्की मूल्याङ्कन सम्बन्धी जानकारी मूलक तथ्याङ्क र बजार विश्लेषण सहितको जानकारी दिइन् । बीमा समितिका निर्देशक सुशीलदेव सवेदीले बीमा कम्पनीहरुमा देखिएका कैफियतहरु र सुधारका कदमका बारेमा चर्चा गरे ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports