प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेको पोलिटब्यूरो बैठकमा वाम एकताको प्रस्ताव आएपछि नेताहरू पक्ष र विपक्षमा बाँडिए

650
shares

काठमाडौं । नेकपा एमालेको पोलिटब्यूरो बैठकमा वाम एकताको प्रस्ताव आएपछि नेताहरू पक्ष र विपक्षमा बाँडिएका छन् । अध्यक्ष केपी शर्मा ओलीले बैठक उद्घाटन गरेपछि घनश्याम भूसाल र रघुजी पन्तले चुनावमा गठबन्धन र वाम एकताको बाटो खुला राखेर जानुपर्ने प्रस्ताव थपेका थिए ।

भूसाल र पन्तले बैठकमा नयाँ प्रस्ताव ल्याएपछि अध्यक्ष ओली निकट नेताहरू खण्डनमा बोलेका थिए । हिक्मत कार्कीले अहिले वाम एकताको कुरातिर लाग्न नहुने तर्क गरेका थिए । ‘अहिले एकताको कुरा गर्नु भनेको त, कमजोर छौं भन्ने सन्देश दिनु हो । यस्तो गर्नु हुन्न’, कार्कीले वाम एकताको प्रस्ताव अगाडि बढाउन नहुने बताएका थिए । बैठकमा सहभागी एक नेताका अनुसार कार्कीलाई महेश बस्नेत, कर्ण थापा लगायतले साथ दिएका थिए ।

तर पन्तले भने कम्तिमा एमाले वाम एकताको पक्षमा रहेको सन्देश दिएर अगाडि बढ्नुपर्ने प्रस्ताव राखेका थिए । भूसालले भने चुनावमा एकता र वाम एकताको तीन कारण रहेको बैठकमा राखेका थिए । ‘एमाले वाम एकताको मूल प्रवाह हो, नेकपा विभाजन हुनुको वैचारिक तथा सैद्धान्तिक कारण छैन र निर्वाचनमा वामापन्थी विजय सुनिश्चित गर्न पनि गठबन्धन र वाम एकता आवश्यक छ’, भूसालको प्रस्ताव थियो । बहुसंख्यक कम्युनिष्ट सदस्य र कार्यकर्ताको चाहना पनि वाम एकता नै रहेको भुसालले बताएका थिए ।

तर बैठक समापण गर्दै अध्यक्ष ओलीले भने पार्टी एकता नहुने जवाफ दिए । ‘कसै सँग एकता हुँदैन । देशमा वाम नै छैन, के को एकता ?’, ओलीको जवाफ थियो, ‘वाम भन्ने चिज नै छैन ।’ तर चुनावी एकता भने हुने ओलीले बताए । ‘अहिले वामपन्थी एकता हुँदैन । चुनावी एकता हुन्छ’, उनको भनाइ थियो ।

बैठकले केन्द्रीय कमिटी बैठकको प्रस्ताव अनुमोदन गरेको छ । ९–१० चैतमा बस्ने केन्द्रीय कमिटी बैठकमा एघार प्रस्ताव पोलिटब्यूरो बाट पारित भएको छ । रिपोर्टिङ, राजनीतिक प्रतिवेदन, विभागको गठन, स्थानीय तह उम्मेद्वार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्रको तयारी, निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय निर्णयको अनुमोदन लगायत एजेण्डा केन्द्रीय कमिटी बैठकमा पेश गरिने भएको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports