विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पल शाहलाई थुनामा पठाउँदा प्रमाण लिएका कागजात माग्यो उच्च अदालत पोखराले

598
shares

काठमाडौं । उच्च अदालत पोखराले जबर्जस्ती करणी अभियोगमा अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई थुनामा पठाउने आदेश गर्दा प्रमाण लिएका कागजात मागेको छ ।

शाहले दिएको निवेदनको सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्दा प्रमाणमा लिएका कागजातको प्रमाणित प्रतिलिपी माग गरेको उच्च अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले बताए ।

शाहलाई जिल्ला अदालत तनहुँले १० चैतमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सो आदेश विरुद्ध शाहले मंगलबार दिएको निवेदनको बुधबार प्रारम्भिक सुनुवाइ भएको हो ।

‘उहाँको निवेदन अनुसार आदेश दिन फुल हेयरिङ हुनुपर्छ । यो प्रारम्भिक सुनुवाइ मात्र हो,’ सूचना अधिकारी आचार्यले भने ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports