बालेन सरकार संसद, देश र जनताप्रति जिम्मेवार देखिएन !
वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३९
shares

काठमाडौ । गत फागुन २१ गते सम्पन्न भएको संघीय संसदको निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाई मत पाएको छ । दुई तिहाई नजिक रहेको रास्वपाका वरिष्ठ नेता रहेका बालेन साहको नेतृत्वमा गत चैत्र १३ गते सरकार गठन गरेको थियो । रास्वपाले गत भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको विध्वसात्मक कार्यका राम्रो फाइदा उठाएको छ ।
रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा खेपिरहेका थिए । त्यही विषयलाई लिएर रास्वपा निर्वाचनमा गएकोले र भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा भएको घटनालाई लिएर रास्वपाले तत्कालिन केपी ओली नेतृत्वको सरकारलाई आफूमाथि सरकारले प्रतिशोध लिएको आरोप रास्वपाकै सभापति लामिछानेले लगाउँदै आएका थिए ।
लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा संलग्न रहेको विषयमा मुद्दा चलिरहेकाले उनी पुर्पक्षका लागि जेलमा रहेका थिए तर उनलाई भाद्र २३ गतेको विरोध प्रदर्शनमा सहभागि भएका रास्वपा कै नेता तथा कार्यकर्ताहरुले जेलमुक्त गरेका थिए । आफू जेलमुक्त भएपछि लामिछानेले तत्कालिन केपी ओली नेतृत्वको सरकारले प्रतिशोध लिएको भन्दै जनतासामू गएका र भाद्र २३ र २४ गते मुलुकभरमै भएको घटनाको फाइदा रास्वपाले उठाएको छ ।
भाद्र २३ गतेको विरोध प्रदर्शनमा पानी बाँड्ने आएको बताउने हालका गृहमन्त्री सुधन गुरुङले नै भाद्र २३ गते विरोध प्रदर्शन गर्ने भनेर काठमाडौ जिल्ला प्रशासनमा अनुमति लिएको भएपनि उनले आफू पानी बाँड्न मात्र आएको कुनै संगठन वा दलको नेता नभएको सार्वजनिक रुपमै अभिव्यक्ति दिएका थिए । त्यहीबाट षड्यन्त्र सुरु भएको अहिले प्रष्ट हुँदै आएको छ ।
बालेन सरकारले सपथ लिएकै दिन पूर्व प्रधानमन्त्री र पूर्व गृहमन्त्री क्रमश केपी ओली र रमेश लेखकलाई पक्राउ गर्ने निर्णय मन्त्रिपरिषद्को पहिलो बैठकले नै ग¥यो । ओली लेखक पक्राउ परे । त्यही दिनदेखि षड्यन्त्रलाई सफलता मानिन थालियो । भाद्र २३ गतेको घटना एकै दिनमा गराइएको होइन भन्ने तथ्यहरु सार्वजनिक भएका छन् । भाद्र २४ गते मुलुकभरकै हिसात्मक कार्य भए ।
२३ गते काठमाडौ र इटहरीमा गरी प्रहरीको गोली लागे (क्रमश १९ र २ जनाको निधन भएको थियो भने बाँकी रहेका अन्य सबै व्यक्तिहरु २४ गतेको आगजनी र तोडफोडमा निधन भएका थिए । तत्कालिन सुशिला कार्की सरकारले जम्मा ४५ जनालाई मात्र सहिद घोषणा गरेको छ भने सरकारले जम्मा ७६ जनाको निधन भएको बताउँदै आएको भएपनि ३१ जनाको थिए भनेर सरकारले अहिलेसम्म सम्पूर्ण विवरण सार्वजनिक गर्न सकेको छैन ।
पछिल्लो समयमा बालेन सरकार आफ्नो असफलता लुकाउनका लागि विभिन्न षड्यन्त्रमा लागेको जस्तो देखिएको छ । संसदप्रति प्रधानमन्त्री जिम्मेवार रहेका छैनन् भने बहुमतको दम्भमा परेर सम्वैधानिक निकायका पदाधिकारीहरुलाई प्रधानमन्त्री कार्यालयमै बोलाएर सरकारको अङ्ग जस्तो व्यवहार सम्वैधानिक निकायका पदाधिकारीहरुलाई गरिरहेका हुनाले बालेन सरकार संविधानप्रति जिम्ेमवार नभएको प्रष्ट हुँदै गएको छ ।
संसदबाटै प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री संसदप्रति जिम्मेवार नहुनु र संसदलाई वेवास्ता गर्दै अघि बढ्न खोज्नुले मुलुकमा अर्को दुर्घटना हुन सक्ने सम्भावना समेत देखिन थालेको छ । संसद बोलाएर अचानक स्थगित गर्न अनि त्यही बेला अध्यादेश ल्याएर आफ्नो स्वार्थ पूरा गर्न खोज्नुले बालेन सरकार संसदप्रत्ति उत्तरदायी नभएको प्रष्ट भएकाले मुलुक फेरी अर्को दुर्घटनामा पर्न सक्ने चिन्ता राजनीतिक विश्लेषकहरुले गर्न थालेका छन् ।
प्रधानमन्त्रीले नै संसदको रोष्ट्रममा उभिएर नेपालले भारतको जमिन मिचेको अभिव्यक्ति दिएर प्रधानमन्त्री बालेनले के भन्नु खोजेको हुन् अब त्यसको जवाफ उनले दिनुपर्दछ । आजसम्म भारतले नेपालले भारतको जमिन मिचेको आरोप कहिल्यै लगाउन सकेको थिएन । तर नेपालकै प्रधानमन्त्रीले भारतको जमिन मिचेको छ भन्ने त्यो पनि संसदबाटै त्यसैले गर्दा प्रधानमन्त्री साह र उनकै नेतृत्वको सरकार अनि उनको पार्टी देश र जनताप्रति जिम्मेवार छैन भनेर प्रष्ट हुँदै गएको जस्तो देखिएको छ । सावधान हामी नेपाली जनता !




































