ग्वार्कोमा ट्यांकरको ठक्कर बाट पैदल यात्रुको निधन
वि.सं.२०७८ चैत १९ शनिवार १०:५४
shares

ललितपुर । ललितपुरको ग्वार्को चोकमा ट्याङ्करको ठक्कर बाट एक पैदल यात्रीको मृत्यु भएको छ।
ललितपुर महानगरपालिका- ७ ग्वार्कोमा शुक्रबार साँझ ट्याङ्करको ठक्कर बाट मङ्गलबजार बस्ने ४२ वर्षीय राज महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्याङ्करको ठक्कर बाट घाइते भएका उनलाई उपचारको लागि पाटन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। हिजो बेलुकी पौने ८ बजे बा २ ख ६५१० नम्बरको ट्याङ्करले उनलाई ठक्कर दिएको थियो। ठक्कर दिने ट्याङ्कर सहित चालक महानगरीय प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा छन्।



































