२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्तारुढ दलको कास्कीमा वडा तहसम्म तालमेल गर्ने निर्णय

663
shares

पोखरा । आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारूढ गठबन्धनका पाँच दलले कास्कीका ५ स्थानीय तह र वडामा सहकार्य गर्ने निर्णय गरेका छन् । केन्द्रीय गठबन्धनमा रहेका कास्कीमा क्रियाशील राजनीतिक दलका नेतृत्वको सोमबार बसेको संयुक्त बैठकले ५ पालिका र ७२ वटै वडामा गठबन्धन गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकले कास्कीका ५ वटा पालिका र समन्वय समितिमा पनि तालमेल गर्ने निर्णय भएको एकीकृत समाजवादी कास्की अध्यक्ष धनराज आचार्यले जानकारी दिए । ५ वटा पालिका र ७२ वटा वडामा पनि चुनावी तालमेल गर्ने सम्बन्धमा सम्बन्धित तहमा गठबन्धनमा रहेका दलहरुको संयुक्त बैठक बस्ने र संयुक्त संयन्त्र निर्माण गरी आवश्यक गृहकार्य गर्ने निर्णय भएको कास्की कांग्रेसका जिल्ला सदस्य गंगाधर पराजुलीले जानकारी दिए ।

यसैगरी गठबन्धनमा रहेका दलहरु बीच एकता सम्मान र हार्दिकताको भावना वृद्धि गरी आसन्न स्थानीय निर्वाचनमा सहकार्य र अपनत्वको भावना सहित अगाडि बढ्ने निर्णय भएको छ। यसका साथै आसन्न निर्वाचनमा जिल्ला , पालिका र वडा स्तरमा दलगत अवस्थाका बारेमा प्रतिवेदन तयार गर्न कास्कीमा गठबन्धनमा रहेका दलका प्रमुख र थप एक जना रहने गरी १० सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ ।

बैठकमा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल एवं सदस्यहरु गंगाधर पराजुली र बाबुराम गिरी, माओवादी केन्द्रका अध्यक्ष बखानसिंह गुरुङ र विश्वप्रकाश लामिछाने, नेकपा एकीकृत समाजवादीको तर्फ बाट अध्यक्ष धनराज आचार्य, होम नेपाली र झपिन्द्र रेग्मी, जनता समाजवादी पार्टीका अध्यक्ष गिरीप्रसाद गुरुङ र नारायण भण्डारी र राष्ट्रिय जनमोर्चाका तर्फ बाट अध्यक्ष रविमोहन ढकाल सहभागी थिए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports