२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अत्यावश्यक बाहेकका वस्तुको एलसी रोक्न राष्ट्र बैंकको कडा निर्देशन

702
shares

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अत्यावश्यक  बाहेकका वस्तुको आयातको उद्देश्यले प्रतीतपत्र (एलसी) नखोल्न कडा निर्देशन दिएको छ।

आज २७ वटा वाणिज्य बैंकका सीईओहरु सँग आकास्मिक छलफल गर्दै केन्द्रीय बैंकले यस्तो कडा निर्देशन दिएको हो। शोधानान्तर घाटा कहालि लाग्दो अवस्थामा रहेको उल्लेख गर्दै डुब्न लागेको अर्थतन्त्र बचाउन राष्ट्र बैंकले यस्तो निर्देशन दिएको बैंकरहरुको बुझाइ छ। राष्ट्र बैंकको यो निर्देशन पछि अत्यावश्यक बाहेकका वस्तुको आयात लगभग ठप्प हुने अवस्था आएको छ। सबैभन्दा ठूलो मार गाडी बिक्रेताहरुलाई पर्ने देखिन्छ। केही समयका लागि सवारी साधन आयात ठप्प हुन सक्छ।

यस्तै राष्ट्र बैंकले बैंकहरुलाई सीडी रेसियो मेन्टेन गर्न पनि कडा निर्देशन दिएको छ। एक्सन लिने बेला आयो भन्दै केन्द्रीय बैंकका अधिकारीहरुले सीईओहरुलाई कर्जा विस्तार तत्काल रोक्न पनि कडा निर्देशन दिएका छन्। ‘कर्जा विस्तारलाई स्लो डाउन गरी रोक्न भनिएको छ’, एक सीईओले भने, ‘अब नसम्हालिए अवस्था गाह्रो बन्दै गएको राष्ट्र बैंकको बुझाइ देखियो।’

सीईओहरुले आजको छलफल अर्थपूर्ण भनेका छन्। छलफलमा राष्ट्र बैंकका तर्फ बाट बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, फरेन एक्सचेञ्ज डिपार्टमेन्ट प्रमुख रामु पौडेल र रिसर्च डिपार्टमेन्ट प्रमुख डा. प्रकाशकुमार श्रेष्ठको सहभागिता थियो। छलफल ४५ मिनेट चलेको थियो।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports