नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओली दक्षिणपन्थी अवसरवाद तर्फ लागेको झलनाथ खनालको आरोप

832
shares

दाङ । नेकपा एकिकृत समाजवादीका नेता झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दक्षिण पन्थी अवसरवाद तर्फ लागेको आरोप लगाएका छन् । सोमबार दाङमा नेकपा एकीकृत समावजादीको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै खनालले भने, ‘ओलीले एमालेलाई सुरु देखि नै दक्षिणपन्थी अवसरवादी सँग साँठ गाँठ गरेर अघि बढ्न खोजेका थिए ।’

ओलीले नेकपा एमालेलाई वैचारिक रुपमा विभाजित गर्दै दक्षिणपन्थीको बाटोमा अगाडि बढाएको उनको दाबी छ । स्थानीय चुनावमा उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राप्रपा र जनमत पार्टी लगायत दक्षिणपन्थी शक्ति सँग तालमेल गरेर अघि बढ्न खोजेको टिप्पणी गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले दुई पटक संसद विघटन जस्ता संविधान विरोधी कार्य गर्दै ओली नेपालको कम्युनिष्ट आन्दोलनको सबै भन्दा ठूलो वैचारिक अवरोधको रुपमा खडा भएको समेत आरोप लगाए । पाँच दलीय गठबन्धनका रुपमा स्थानीय निर्वाचन अघि बढ्दै ओलीलाई पारजित गरी दक्षिणपन्थी अवसरवाद खतराको अन्त्य गर्नुपर्ने बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports