kumari
stcnepal

पसलमा कागती र खुर्सानीको माला किन झुण्ड्याइन्छ

काठमाडाैं । पसलतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर टार्न सकिएला तर कागती र खुर्सानीको यो संयोगले स्वास्थ्य पनि राम्रो बनाउँछ ।

वास्तुदोष हटाउनका लागि कागती र खुर्सानी घरमा लगाउन प्रेरित गरिन्छ । हुन पनि घरमा कागतीको रुख भयो भने वातावरण स्वच्छ र सकारात्मक ऊर्जायुक्त हुन्छ । सबैले घरमा रुख रोप्न नसक्ने भएकाले कागती र खुर्सानीको एक सेटले काम चलाउँछन् ।


कागतीमा धागो उन्दा कागती बाट सुगन्ध निस्कन्छ र वातावरणमा फैलिन्छ । यसले मूड पनि फ्रेश गराउँछ अनि कीरा पनि भगाउँछ । यस्ता कागती एक हप्ताभित्र बासी हुने भएकाले प्रत्येक हप्ता परिवर्तन गर्नुपर्छ । हावालाई सफा बनाउनका लागि कागतीको अमिलोले राम्रो भूमिका खेल्छ । कागती र खुर्सानीले प्राकृतिक रूपमा वायुलाई स्वच्छ बनाउँछन् ।

एउटा कागती र सातवटा खुर्सानीलाई धागोमा उन्नुपर्छ । आफ्नो ढोकामा झुण्ड्याउनुस् र प्रत्येक हप्ता परिवर्तन गर्नुस् । यो देखावटीको वस्तु होइन, स्वास्थ्यका लागि लाभदायक कुरा हो ।

 

 

footer