नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसी परियोजनाको कार्यान्वयन प्रकृया छिटो अघि बढाउनुपर्छ : अर्थमन्त्री शर्मा

507
shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको कार्यान्वयन प्रकृया छिटो अघि बढाउनुपर्ने बताएका छन् ।

एमसीसीको डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्स, एमसीसीका नेपालस्थित राष्ट्रिय निर्देशक (निमित्त) सञ्जय पौडेल, नेपाल स्थित अमेरिकी दूतावासका राजनीतिक विशेषज्ञ रोजी कट्टेल र अर्थ मन्त्रालयका प्रतिनिधि बीचको भर्चुअल बैठकमा मन्त्री शर्माले परियोजनाको कार्यान्वयन अवधि एक वर्ष बाँकी भए पनि त्यति ढिला गर्न नहुने बताए ।

‘एक वर्षे कार्यान्वयन अवधि मेरा लागि धेरै लामो समय भयो’, उनले भने, ‘हामी छिटो भन्दा छिटो काम सुरु गर्न चाहन्छौं । त्यसका लागि एमसीसीले पनि आवश्यक तयारी गरोस् भन्न चाहन्छु ।’ संसद बाट एमसीसी अनुमोदन गर्ने प्रकृयामा केही समस्या देखिए पनि कार्यान्वयन चरणमा गएपछि कुनै पनि समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन् ।

‘एमसीसी आर्थिक परियोजना हो र यो चाँडै अगाडी बढ्छ भन्ने कुरामा आम नेपालीलाई विश्वास भइसकेको छ । त्यसैले अब एक वर्ष भित्र कार्यान्वयन गर्ने भनेर समय तोक्ने होइन, जतिसक्छो छिटो परियोजना कार्यान्वयन गर्न थाल्नुपर्छ’, उनले भने ।

भर्चुअल बैठकमा डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्सले नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशामा अगाडी बढाउन परियोजनाले सघाउने विश्वास व्यक्त गरे । उनले परियोजना अनुमोदनका लागि नेतृत्वदायी भूमिका खेलेको भन्दै अर्थमन्त्री शर्मालाई धन्यवाद दिएका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports