माओवादी केन्द्रले काठमाडौ महानगरपालिका वडा नम्बर १० को अध्यक्षमा देउजालाई सिफारिस गर्यो
वि.सं.२०७८ चैत २१ सोमवार २१:१८
shares

नेकपा माओवादी केन्द्रले काठमाडौ महानगरपालिका वडा नम्बर १० अध्यक्षमा देवेन्द्रकुमार देउजालाई सिफारिस गरेको छ। पार्टीको सोमबार बसेको महानगरपालिका बैठकले वडा नम्बर १० अध्यक्षमा देउजालाई सर्वसम्मत अध्यक्ष बनाउने निर्णय गरेको हो।

यसअघि यस वडामा कांग्रेसले जितेको थियो। आगामी निर्वाचनमा समाजमा स्वच्छ छवि बनाएका देउजाले आफू जित्ने दाबी गरेका छन्। महानगरका ३२ वडा मध्ये देउजाको नाम सबैभन्दा पहिला नाम सिफारिस भएको हो।




































