प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु एकतावद्ध रुपमा अघि बढ्नुपर्छ : इन्द्रबहादुर बाँनिया

598
shares

नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बाँनियाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु एकतावद्ध रुपमा अघि बढ्नुपर्ने बताएका छन् । काँग्रेस हेटौंडा उपमहानगर समितिको आयोजनामा सोमबार भएको नगर भेलालाई सम्बोधन गर्दै बानियाँले आगामी निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरु एकताबद्ध भइ चुनावी मैदानमा उत्रिने बताएका हुन् ।

उनले गठबन्धन गर्ने विषयमा पार्टीले गरेको निर्णय नै अन्तिम भएकाले त्यसलाई स्वीकार गरेर निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए । उनले गठबन्धनकै कारण काँग्रेस प्रदेश देखि केन्द्र सम्म सरकारमा पुगेको स्मरण गराउँदै पार्टीको निर्देशन अनुसार मतदान गर्न पनि उनको कार्यकर्तालाई निर्देशन रहेको छ । उनले गठबन्धनको उम्मेदवारहरूले आगामी निर्वाचनमा सर्वसम्मत रुपमा तोकिने भएकाले उक्त निर्णय स्विकार गरेर अघि बढ्न कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।

सभापति बानियाँले पार्टीको उक्त निर्णयमा असहमति राख्ने र नमान्नेहरु पार्टी बस्न उचित नहुने पनि बताए । उनले पार्टीको निर्णय विपरित जानेहरूले काँग्रेस छाड्दा नै उचित हुने बताए ।‘पार्टीको निर्णय अन्तिम निर्णय हो । सोही अनुसार अगाडि बढ्नुपर्छ । गठबन्धनले उचित स्थानमा आवश्यकता र औचित्यको आधारमा सर्वसम्मत रुपमा टिकट वितरणको निर्णय गर्नेछ । पार्टीले गरेको निर्णयमा असहमति रहेका र नमान्ने तथा मतदान गर्दैनौं भन्नेहरु पार्टी छाडेर जाँदा हुन्छ ।’ उनले भने ।

प्रदेश संसदीय दल नेता समेत रहेका बानियाँले पार्टीमा सधैं एउटै व्यक्तिले अवसर नपाउने समेत दावी गरे । उनले अवस्थाको उचित मुल्याङ्कन गरेर पार्टीको हितमा काम गर्ने र जित्नसक्ने उम्मेदवारलाई टिकट दिने बताए । विगतका निर्वाचनमा सहभागि भएका सबैले यस पटक टिकट नपाउने उनको दावी छ । ‘पार्टीमा सधै एउटै व्यक्तिले टिकट पाउँदैनन् । पार्टीमा आवद्ध भएपछि आफूले पाए ठिक, अरुले पाए बेठीक भन्ने धारणा राख्न हुँदैन । एकपटक हार्दा वा टिकट नपाउँदैमा कसैको राजनीति सकिँदैन । अवस्थाको मुल्याङ्कन गरेर पार्टीका हितमा निर्णय हुन्छ’ सभापति बानियाँले भने ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports