तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

श्रममन्त्री श्रेष्ठको रेमिट्यान्स बढाउन एक दर्जन प्रस्ताव

507
shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिटेन्स रकम औपचारिक माध्यम बाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरु बारे एक दर्जन प्रस्ताव गरेका छन् ।

अर्थ मन्त्रालयमा भएको सरोकारवाला निकायको वैठकमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार वा रेमिट्यान्स बाट अधिकतम लाभ लिन हुन्डीको सट्टा बैंकिङ च्यानल प्रयोग गरेर विदेशी मुद्रा ल्याउन आकर्षित गर्नुपर्ने बताए । नेपाल आउने रकम औपचारिक माध्यम बाट ल्याउन सके विदेशी मुद्रा सञ्चिति र बैंकहरू सँग लगानी योग्य पुँजी अभावको समस्या हट्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

यस्तो छ मन्त्री श्रेष्ठले दिएका सुझाव

वैदेशिक रोजगारीमा गएका श्रमिकलाई राज्यले सम्मानजनक व्यवहार गर्नुपर्ने
विदेशबाट पैसा पठाउदा लाग्ने सेवा शुल्क हटाउनुपर्ने
विदेशका प्रमुख शहरमा नेपाली बैंक स्थापना गर्नुपर्ने
विदेश बाट सोझै नेपालको खातामा जम्मा हुने रकममा दुई प्रतिशत सम्म बढी ब्याजदर दिनुपर्ने
औपचारिक माध्यम बाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरे नेपाल आउँदा ल्याउन पाउने सामान टिभि, गरगहना लगायतमा सहुलियत दिने
औपचारिक माध्यम बाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा पुनः श्रम स्वीकृति लिदा वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम दाखिला गर्नु नपर्ने
वार्षिक रुपमा सवैभन्दा धेरै विप्रेषण पठाउने मध्येलाई राष्ट्रिय सम्मान गर्ने
औपचारिक माध्यम बाट नेपालमा रेमिट्यान्स पठाउनेलाई राज्य बाट सेवा शुल्क लिएर प्रदान गरिने सेवामा ५० प्रतिशत सहुलियत दिने
नेपाल फर्केर उद्यम गर्नेलाई विदेशमा हुँदा पठाएको रकम बराबर नै रकम निश्चित समयका लागि विना ब्याज उपलब्ध गराउने
वैदेशिक रोजगारीमा जाने श्रमिकको बैंक खाता अनिवार्य गर्ने
सरकारले तोके बाहेक अन्य तरिका बाट वैदेशिक रोजगारीमा जान पूर्ण रोक लगाउने
वैदेशिक रोजगारीमा जान विद्यमान प्रक्रियालाई सहज र सरल बनाउने

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports