kumari
stcnepal

२६ मध्यका १५ बाणिज्य बैंकको शेयर मूल्य ३०० सय भन्दा कम

काठमाडौं । नेप्सेमा सूचीकृत २६ वाणिज्य बैंक मध्येका १५ बैंकको शेयर मूल्य तीन सय तल झरेको छ । पछिल्लो समयको निरन्तर गिरावटले वाणिज्य बैंकको शेयर मूल्य ३ सय मुनि झरेको हो । बिहीबारको बजार बन्द भएपछिको मूल्यलाई आधार मान्दा १५ वाणिज्य बैंकको शेयरमूल्य ३०० भन्दा कम रहेको छ ।

 

२६ वाणिज्य बैंक मध्ये सबैभन्दा कम शेयरमूल्य हुनेमा सेन्चुरी बैंक रहेको छ । यो बैंकको बिहीवारको बजारमा शेयरमूल्य २१४ रुपैयाँ रहेको छ । त्यस्तै सिभिल, कुमारी, एनसीसी, सनराइज र मेघा बैंकको शेयर मूल्य बिहीवार २५० रुपैयाँ भन्दा कम मूल्य रहेको छ । यसैगरी ग्लोबल आइएमई, प्रभु, माछापुछ्रे सिटिजन्स, बैंक अफ काठमाण्डू र लक्ष्मी बैंकको शेयर कारोबार २५० देखि ३०० रुपैयाँको बीचमा रहेको छ ।

 

footer