प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंमा मुद्दा हेर्नेगरी प्रहरी उपरीक्षक एसपीलाई खटाउने निर्णय

845
shares

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौंमा मुद्दा हेर्नेगरी प्रहरी उपरीक्षक ९एसपी० लाई खटाउने निर्णय गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार परिसर काठमाडौंमा एसपी सानुराम भट्टराईलाई काज सरुवा गरेका हुन् । मुद्दाको चापका कारण अनुसन्धान र अभियोजन प्रणाली त्रुटिरहित बनाउन छानविन समितिले गरेको सिफारिसका आधारमा एसपी खटाउने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

पेसेवर अपहरणकारी समूहका सदस्य दुर्गाबहादुर बुढाथोकीले पर्याप्त प्रमाण अभावमा सफाई पाएपछि अनुसन्धानमा भएको कमजोरी पत्ता लगाउन महानगरीय प्रहरी कार्यालयले छानविन समिति गठन गरेको थियो ।

२०७८ कार्तिकमा एसएसपी चक्रबहादुर सिंह नेतृत्वको छानविन समितिले काठमाडौं परिसरमा सामाजिक अपराध, आर्थिक अपराध र जघन्य अपराध हेर्नेगरी ३ जना डिएसपी र मुद्दा फाँटको समग्र कमाण्ड गर्न एसपी खटाउन सिफारिस गरेको थियो । मुद्दा हेर्ने एसपीलाई काठमाडौंका डिएसपी इन्चार्ज हुने १४ वटा वृत्तहरुको पनि मुद्दा अनुगमन गर्ने जिम्मेवारी दिनुपर्ने समितिले सिफारिस गरेको थियो ।

सो सिफारिसअनुसार थप दुईजना डिएसपी राख्नुपर्ने भएपनि प्रहरी प्रधान कार्यालयले गृहमन्त्रीको आदेशमा एसपी भट्टराईलाई मात्र काठमाडौंमा काज सरुवा गरेको छ । भट्टराई यसअघि महानगरीय दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत थिए । उनको ठाउँमा एसपी प्रजित केसीलाई सरुवा गरिएको छ ।

झापाको इन्चार्जबाट दंगा नियन्त्रण गणमा सरुवा भएका भट्टराईलाई गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुले भाइटिका लगाउने गरेको चर्चा प्रहरी वृत्तमा छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भट्टराईले बारा र झापा जिल्ला चलाएका थिए ।

काठमाडौं परिसरमा अहिले अपरेशन कमाण्ड गर्ने एकजना एसपी र मुद्दामा शाखामा एकजना डिएसपी कार्यरत छन् । व्यवसायी बाबुराजा रावलको अपहरणमा संलग्न रहेको अभियोगमा प्रहरीले दुर्गाबहादुर बुढाथोकीलाई २०७७ पुसमा पक्रेर मुद्दा दायर गरेको थियो । २०७८ असोज ५ मा आरोपीको नागरिकता लगायतका प्रमाण पेश गर्न नसकेको भन्दै जिल्ला अदालत काठमाडौंका न्यायाधीश अम्बिकाप्रसाद निरौलाले बुढाथोकीलाई सफाइ दिए । न्यायाधीश निरौलाले उनी दुर्गा बुढाथोकी नै हुन् भन्ने पर्याप्त प्रमाण नभएको ठहर गरेका थिए ।

सो फैसलापछि गठन गरिएको चक्रबहादुर सिंह नेतृत्वको छानविन समितिले प्रहरी बयानमुखी अनुसन्धानमा केन्द्रीत हुँदा सो घटनाको अनुसन्धानमा कमजोरी भएको निष्कर्ष निकालेको थियो । अभियुक्त बुढाथोकीले अदालतमा आफु भारतीय नागरिक भएको र सो घटनामा संलग्न भएको भनेर बयान फेरेका थिए ।समितिले सो घटना अनुसन्धानमा संलग्न इन्स्पेक्टर नानीकाजी थापा, असई र हवल्दारलाई विभागीय कारवाही गर्न सिफारिस गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports