चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले राजीनामा दिए
वि.सं.२०७८ चैत २८ सोमवार १२:३२
shares

काठमाडौं। चन्द्रागिरी हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले राजीनामा दिएका छन् । व्यक्तिगत समस्या देखाउँदै महाप्रवन्धक शाहले पद बाट राजीनामा दिएका हुन् ।
उनको राजीनामा आगामी ३० गते बाट लागू हुने गरी सञ्चालक समितिले स्वीकृत समेत गरेको छ । सञ्चालक समितिले शाहको राजीनामा स्वीकृत सँगै नयाँ महाप्रबन्धकमा सञ्जीव थापालाई नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव झलकराज शर्माले जानकारी दिए ।




































