विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सत्ता गठबन्धन भित्र बिवाद, भरतपुर महानगरमा कांग्रेस र माओबादी दुवैको दाबी

559
shares

काठमाडौं, २८ चैत। सत्ता गठबन्धनले भागवन्डा गरी स्थानीय तहको निर्वाचनमा जाने निर्णय सँगै मोडालिटी तयार पार्न बसेको बैठकमा कांग्रेस र माओवादीको झगडा परेको छ। खासगरी भरतपुर महानगरपालिकाको विषयमा दुई पार्टी बीच विवाद उत्पन्न भएको हो। कांग्रेसले यस पटक भरतपुर महानगरपालिका आफूलाई राखेर माओवादीलाई अन्य लिनका लागि दबाब दिएको स्रोतले बताएको छ।

६ महानगरमा कांग्रेसलाई तीन वटा दिन गठबन्धनका अन्य दल तयार छन्। तर, कांग्रेसले चार महानगरमा दाबी गरेको छ। ललितपुर, पोखरा, बिराटनगर र भरतपुरमा कांग्रेसको दाबी छ। उसले काठमाडौं महानगरपालिका माओवादीलाई र वीरगञ्ज महानगरपालिका जनता समाजवादी पार्टीलाई दिने प्रस्ताव अघि सारेको छ। तर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पनि महानगरमा दाबी गरेको थियो। कांग्रेस माधवकुमार नेपाल नेतृत्वको पार्टीलाई महानगरपालिकाको उम्मेदवार दिन इच्छुक छैन।

उता माओवादीले भने भरतपुर महानगरको दाबी राखेको छ। तर, कांग्रेसले चितवन जिल्ला समितिले निर्णय गरीसकेको अवस्थामा दिन नसकिने अडान कायम राख्यो। एक नेता भन्छन्,‘कुरो भरतपुर महानगरपालिका र भागवन्डामा नै अड्किएको छ।’ सत्ता गठबन्धन भित्र ६ महानगर, ११ उपमहानगर, नगर र स्थानीय तहको भागबन्डाको विषयमा विवाद जारी छ। खासगरी महानगरका विषयमा सबै दलहरु आ–आफ्नै अडानमा छन्। सोमबार गठबन्धनको बैठकमा सहमति नहुँदा मंगलबार सम्मका लागि स्थगित गरिएको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports