विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका २५ जना आकांक्षी

572
shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका २५ जना आकांक्षी देखिएका छन् । भरतपुर महानगर समितिले आन्तरिक रूपमा गरेको आह्वानमा महानगर प्रमुखमा २५ जनाले उमेदवारी दर्ता गराएका हुन् । उपमेयरमा भने २४ आकांक्षीले उमेदवारी दर्ता गराएका छन् । आन्तरिक उमेदवारी बाट महानगर समितिले एक लाख २२ हजार रुपैयाँ उठाएको छ ।

मेयरका आकांक्षीमा कांग्रेसका केन्द्रीय सदस्य देखि वर्तमान नगरउपप्रमुख र विद्यार्थी नेताहरू पनि छन् । अघिल्लो पटक टिकट दिएर खोसिएका कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले महानगर प्रमुखमा यसपटक पनि उमेदवारी दिएका छन् । यस्तै कांग्रेसका अर्का केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले पनि नगरप्रमुखका लागि उमेदवारी प्रस्तुत गरेका छन् ।

भरतपुर महानगरपालिकाकी वर्तमान उपप्रमुख पार्वती शाह ठकुरीले पनि उमेदवारी दर्ता गराएकी छन् । पूर्वसांसद जगन्नाथ पौडेल, नेविसंघका पूर्वउपाध्यक्ष रामप्रसाद अधिकारी, नेविसंघका पूर्वसहमहामन्त्री निलकण्ठ शर्मा रिजालले, चितवन कांग्रेसका निवर्तमान सचिव उत्तम जोशी, महानगर समितिका सभापति चित्रसेन अधिकारीले पनि महानगर प्रमुखमा उमेदवारी दिएका छन् । अन्य आकांक्षीहरू भरत अधिकारी, शंकर कँडेल, तारानाथ पौडेल, विजय शर्मा भुसाल, दिर्घमान श्रेष्ठ, गौरीकुमारी श्रेष्ठ, मिनाकुमारी खरेल, सुबोध प्रधान, शम्भुप्रसाद अर्याल, भरत गुरुङ, मिलनबाबू श्रेष्ठ, प्रकाश अधिकारी, प्राडा केशवभक्त सापकोटा, राजेन्द्र डोटेल, डा. सुर्यकान्त घिमिरे, हिरामणि अधिकारी र घनश्याम दवाडीले पनि मेयर बन्न उमेदवारी प्रस्तुत गरेका छन् ।

यस्तै भतरपुर महानगरको उपप्रमुख बन्न टकनाथ पौडेल, तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देबेन्द्र गुरुङ, पूर्णबहादुर गुरुङ, राजीव न्यौपाने, बिरेन्द्र केसी, भूपतिदास सापकोटा, केदारनाथ बराल, रविभद्र शर्मा खनाल, निर्मलराज पौडेल, सुरवीर पोख्रेल, महेन्द्र श्रेष्ठ, एलिसा अधिकारी, सुर्यनाथ अधिकारी, गिता गुरुङ, बिनु रायमाझी पौडेल, बिजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र बिदुर के सिले दाबी पेस गरेको नेपाली कांग्रेस भरतपुर महानगरका सचिव कृष्ण बगालेले जानकारी दिए ।

आइतबार बिहान ११ बजे देखि मनोनयन दर्ता सुरु भएर आज सोमबार अपराह्न चार बजे सकिएको महानगर समितिले जनाएको छ । महानगर समितिमा नगरप्रमुखका आकांक्षीले तीन हजार र उपप्रमुखका आकांक्षीले दुई हजार रुपैयाँ तिरेर उमेदवारी दर्ता गराइएको थियो ।

नेपाली काग्रेस केन्द्रीय समितिको निर्देशनमा चितवन जिल्ला कार्यसमितिले गरेको परिपत्र अनुसार भरतपुर महानगरपालिकाको महानगर प्रमुख र उपप्रमुख पदका लागि मनोनयन दर्ता गरिएको हो । अब महानगर समितिका आकांक्षीहरू बीच समझदारीको प्रयास हुने, प्रयास सफल नभए जिल्लामा सिफारिस गर्ने, जिल्लाले प्रदेशमा र प्रदेशले मिलाउन नसके केन्द्रमा सिफारिस गर्ने छन् । नेपाली कांग्रेसको महानगरको प्रमुख र उपप्रमुख सम्मको टिकट कांग्रेसको केन्द्रीय संसदीय समिति (संसदीय बोर्ड)ले बाँड्ने प्रावधान कांग्रेसको विधानमा छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports