सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्व सहकर्मीहरु मोहन वैद्य, बाबुराम भट्टराई र विप्लवलाई पुनः एकतामा आउन प्रचण्डको आग्रह

442
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व सहकर्मीहरु मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द ‘विप्लव’लाई पुनः एकतामा आउन आग्रह गरेका छन् । बिहीबार कैलालीमा आयोजित कार्यक्रममा उनले वैद्य, विप्लव र बाबुराम एकतामा नआए उनीहरुको पार्टी बाँकी नरहने दाबी गरे ।

‘ढिलो नगरी । अब, बिल्कुल ढिलो नगरी म वैद्यजी र वैद्यजी सँग रहनुभएका कमरेडहरू, विप्लवजी र विप्लव सँग रहनुभएका कमरेडहरू, बाबुराम र बाबुराम सँग रहनुभएका कमरेडहरूलाई अविलम्ब ध्रुवीकरणमा आउन र सुदूरपश्चिमका जनता बाट सिक्न अपिल गर्न चाहन्छु,’ उनले भने । प्रचण्डले अघि भने, ‘यदि उहाँहरूले ढिलो गर्नुभयो भने, उहाँहरू व्यक्ति मात्रै रहनुहुनेछ, उहाँहरू सँग कुनै संस्था रहने छैन । त्यो भनेको उहाँहरूको लागि पनि दुःखद स्थिति हो ।’

प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निरंकुश प्रवृत्ति परास्त गरेपछि फेरि वाम एकता हुने दाबी गरेका छन् । ‘नेकपा फुटेर तीन वटा भएको छ, एमाले फुटेर दुईवटा भएको छ,’ प्रचण्डले भने, ‘तर पनि फेरि ल्याउँछु कि ल्याउँछु कि भन्या छ । तर, यो पटक चाहिँ यो प्रवृत्तिलाई हामीले परास्त गर्नैपर्छ । यो निरंकुश प्रवृत्ति हो । भयानक अहंकार प्रवृत्ति हो । यो सामाजिक फाँसीवादी प्रवृत्ति हो । यो पटक हामीले पुरै परास्त गर्नुपर्छ । मलाई के लाग्छ भने अहिले परास्त गरेपछि फेरि वाम एकता हुन्छ ।’

यसअघिको एकता ओलीले नै टिक्न नदिएको प्रचण्डले बताए । बालुवाटार छाडेर बालकोट जाँदा पनि ओली रमाइलो गर्दै गएको भन्दै प्रचण्डले उनी अच्चमको प्राणी भएको समेत टिप्पणी गरे । ‘तपाईं हामी मलामी जाँदा त रुदै रुदै अलि संवेदनशील हुँदै जान्छौं,’ प्रचण्डले भने, ‘तर, नेपालमा बालकोटवाला कस्ता परे भने मलामी जाँदा पनि नाँच्दै जाने, हाँस्दै जाने । बाजा बजाउँदै जाने ।’

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports