आजपनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८३ वैशाख ११ शुक्रवार १३:२८
shares

सुनको मूल्य आज प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।
बिहीबार सुन प्रतितोला दुई लाख ९८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ ।
बिहीबार प्रतितोला पाँच हजार २० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।



































