सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली काँग्रेस आज संसदीय दलको नेता चयन गर्ने

637
shares

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले शुक्रबार संसदीय दल नेता चयन गर्दैछ।

विहीबारदेखि अघि बढेको निर्वाचन प्रक्रियाअन्तर्गत आज मध्याह्न मनोनयन दर्ता र अपराह्न मतदान गर्ने कार्यतालिका छ।कांग्रेसले सहमतिकै आधारमा दल नेता चयन गर्ने प्रयास पनि गरिरहेको छ। सहमति नजुटे निर्वाचनबाटै दल नेता चयन हुनेछ।पार्टीले सांसदहरूसँग यस विषयमा छलफल गर्न महामन्त्री प्रदीप पौडेल लगायतलाई जिम्मेवारी दिएको छ।

संसदीय दल नेताका लागि पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य दाबेदार छन्।फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसले ३८ सिट जितेको थियो।‘दल नेताको आकांक्षी धेरै भए पनि मुख्य गरी ३ जनाले दाबेदारी प्रस्तुत गर्नुभएको छ, पार्टीले सहमतिका लागि प्रयास गर्दैछ, सहमति नभए निर्वाचन कार्यतालिकाअनुसार भोलि अपराह्न मतदान हुनेछ,’ कांग्रेसका एक सांसदले भने।कांग्रेसभित्र प्रत्यक्षतर्फबाट आएकालाई संसदीय दल नेता बनाउन पनि कतिपय सांसदहरूले माग गरेका छन्। केसी र आङ्देम्बे समानुपातिकतर्फबाट प्रतिनिधि सभा सांसद भएका हुन्।

विशेष महाधिवेशनले पार्टी रूपान्तरण र पुस्तान्तरणको सन्देश दिएकोले युवा सांसदहरूलाई अगाडि सार्नुपर्ने मत पनि छ।त्यसअनुसार योगेश गौचन थकाली, निश्कल राई, बासना थापा लगायतलाई पनि संसदीय दल नेता आकांक्षीका रूपमा हेरिएको ती सांसदले बताए। तर वरिष्ठ नेताहरूलाई संसदीय दल नेता बनाएर युवा सांसदलाई प्रमुख सचेतक र सचेतक बनाउने गरी पनि छलफल भइरहेको छ।

‘संसदीय दल नेताका आकांक्षीहरूसँग उम्मेदवारी दर्ताअघिसम्म पनि छलफल भइरहन्छ,’ ती सांसदले भने, ‘सहमति भएन भने प्रतिस्पर्धाबाट दल नेता चयन गरिन्छ। २०६४ सालपछिका चुनावमा प्रतिस्पर्धाबाटै दल नेता चयन गर्दै आएको अभ्यास पनि पार्टीभित्र छ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports