सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अर्थ मन्त्रालयका ५ सहसचिवको सरुवा, बजेट लेखन समितिका २ सहसचिव पनि परे सरूवामा

572
shares

सरकारले २५ जना सहसचिवको एकसाथ सरुवा गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट २५ सहसचिवको अन्तरमन्त्रालय तथा अन्तरनिकाय सरुवा गरिएको हो।सरुवा भएकामध्ये ५ जना सहसचिव अर्थमन्त्रालयबाट बाहिरिएका छन्।यो सरुवामा अर्थमन्त्रालय भित्रिने भने कोही छैन।

आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव महेश भट्टराईको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवमा सरुवा गरिएको छ।उनी बजेट लेखन समितिको सदस्य समेत रहेका थिए।वित्तीय संघियता समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका सहसचिव सेवन्त पोखरले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवको रूपमा कामकाजमा सरुवा गरिएको छ।

सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुखको भूमिका रहेका सहसचिव महेश बरालको पनि मधेश प्रदेशकै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवका रूपमा सरुवा गरिएको छ।आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।

सहमहालेखा नियन्त्रक सुशीला अर्यालको लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवको रूपमा सरुवा गरिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports