तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जनकपुरमा कांग्रेसका नेताहरूको बिद्रोह, नगरसभापति सहित वडासभापतिहरूले सामूहिक राजिनामा दिदै

468
shares

जनकपुर ।नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका सभापति मनोजकुमार साहले पार्टी बाट राजीनामा दिने तयारी गरेका छन् । जनकपुरधाम उपमहानगरमा मेयर जनता समाजवादी पार्टीलाई दिने सत्ता गठबन्धनको सहमति भएपछि असन्तुष्ट बनेका साहले पार्टी बाट राजीनामा दिएर स्वतन्त्र रुपमा मेयर पदमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

साहले आज पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेस परित्याग गर्ने तयारी भएको बताएका छन् ।’नेपाली कांग्रेसले जनकपुरको सन्दर्भमा गरेको गलत निर्णय सच्याउन यसअघि २४ घण्टे अल्टिमेटम दिएका थियौं, नभए कठोर कदम चाल्न बाध्य हुने समेत भनेका थियौं,’ साहले  भने ,’तर पार्टीले त्यो कुराको सुनुवाइ नगरेपछि नेपाली कांग्रेस परित्याग गर्दैछौं ।’

स्वतन्त्र भएर उम्मेदवारी दिने उनले खुलाए । उनी सँगै वडा सभापतिहरूले पनि राजीनामा दिने तयारी गरेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports