kumari
stcnepal

रुसी आक्रमणपछि आफ्नो देशले ५५० अर्ब डलर बराबरको क्षति बेहोरेको छ : राष्ट्रपति जेलेन्स्की

काठमाडाैं | युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसी आक्रमण पछि आफ्नो देशले ५५० अर्ब डलर बराबरको क्षति बेहोरेको बताएका छन् ।

बिहीवार विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषसँग कुराकानी गर्दै जेलेन्स्कीले प्रत्येक महिनाको खर्च चलाउनका लागि अर्बौं डलर सहायता आवश्यक रहेको बताए । देशको कुल गार्हस्थ्य उत्पादन ३० देखि ५० प्रतिशतले घटेको उनको भनाइ छ । ‘प्रारम्भिक अनुमान अनुसार युक्रेनले ५५० अर्ब डलरको क्षति बेहोरेको छ,’ जेलेन्स्कीले टेलिकन्फरेन्समा भने । युक्रेनलाई महिनाको ७ अर्ब डलर सहायता आवश्यक रहेको पनि उनले थपे ।

जेलेन्स्कीले युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन देर लेयेनलाई पनि गत साता यति नै रकम आवश्यक रहेको बताएका थिए । तर त्यतिखेर उनले कर्मचारीको तलब र पेन्सनका लागि त्यो रकम आवश्यक रहेको बताएका थिए ।

‘तपाईंहरूको सहयोगले हामी आफ्नो देश छिट्टै पुनर्निर्माण गर्न सक्छौं । अर्थात्, विभिन्न मुलुक बाट व्यापारको नयाँ अवसर पाउनेछौं,’ उनले बिहीवार राउन्डटेबलमा बताए ।एजेन्सी

 

 

footer