नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रुसी आक्रमणपछि आफ्नो देशले ५५० अर्ब डलर बराबरको क्षति बेहोरेको छ : राष्ट्रपति जेलेन्स्की

442
shares

काठमाडाैं | युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसी आक्रमण पछि आफ्नो देशले ५५० अर्ब डलर बराबरको क्षति बेहोरेको बताएका छन् ।

बिहीवार विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषसँग कुराकानी गर्दै जेलेन्स्कीले प्रत्येक महिनाको खर्च चलाउनका लागि अर्बौं डलर सहायता आवश्यक रहेको बताए । देशको कुल गार्हस्थ्य उत्पादन ३० देखि ५० प्रतिशतले घटेको उनको भनाइ छ । ‘प्रारम्भिक अनुमान अनुसार युक्रेनले ५५० अर्ब डलरको क्षति बेहोरेको छ,’ जेलेन्स्कीले टेलिकन्फरेन्समा भने । युक्रेनलाई महिनाको ७ अर्ब डलर सहायता आवश्यक रहेको पनि उनले थपे ।

जेलेन्स्कीले युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन देर लेयेनलाई पनि गत साता यति नै रकम आवश्यक रहेको बताएका थिए । तर त्यतिखेर उनले कर्मचारीको तलब र पेन्सनका लागि त्यो रकम आवश्यक रहेको बताएका थिए ।

‘तपाईंहरूको सहयोगले हामी आफ्नो देश छिट्टै पुनर्निर्माण गर्न सक्छौं । अर्थात्, विभिन्न मुलुक बाट व्यापारको नयाँ अवसर पाउनेछौं,’ उनले बिहीवार राउन्डटेबलमा बताए ।एजेन्सी

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports