तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं उपत्यका भित्रका प्रहरी कार्यालयहरूको नाम परिवर्तन

858
shares

काठमाडौं ।काठमाडौं उपत्यकामा रहेका प्रहरी कार्यालयहरूको नाम परिवर्तन गरिएको छ । काठमाडौं उपत्यकाको शान्ति सुरक्षाको कमाण्ड गर्ने तत्कालीन महानगरीय प्रहरी कार्यालयलाई अध्यादेश मार्फत केन्द्रित प्रहरीको मातहतमा ल्याए सँगै उपत्यकाका तीनै जिल्लाका प्रहरी युनिटहरूको नाम परिवर्तन गरिएको हो ।

शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन–२०७६ लाई अध्यादेश मार्फत संशोधन गरिएको छ । २०७८ वैशाख २१ मा सरकारले पहिलोपटक सो ऐन संशोधन गरेर उपत्यकाका प्रहरी युनिटहरुलाई केन्द्र मातहत ल्याउने निर्णय गरेको थियो । वर्तमान सरकारको सिफारिसमा चैत २२ मा राष्ट्रपतिले प्रमाणित गरेर सो अध्यादेशलाई निरन्तरता दिएकी छन् ।


काठमाडौं उपत्यकाको कमाण्ड गर्ने तत्कालीन महानगरीय प्रहरी कार्यालयको नाम परिवर्तन गरेर काठमाडौं उपत्यका प्रहरी कार्यालय नामकरण गरिएको छ । काठमाडौं उपत्यकाको अपराध अनुसन्धान गर्ने इकाई महानगरीय अपराध महाशाखाको नाम काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय नामकरण गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको नाम काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय राखिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरको जिल्ला प्रहरी कार्यालयहरुलाई जिल्ला प्रहरी परिसर नामाकरण गरिएको छ । यसअघिका महानगरीय प्रहरी वृत्तहरुको नामको अगाडिको महानगरीय हटाइएको छ । नयाँ अध्यादेश अनुसार ‘प्रहरी वृत’ र त्यसपछि वृत अवस्थित ठाउँको नाम राखिएको छ । महानगरीय प्रहरी प्रभागहरुको नाम परिवर्तन गरेर ‘प्रहरी प्रभाग’ मात्रै राखिएको छ । नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन–२०७६ लाई २०७८ मंसिर १५ मा दोस्रोपटक र २०७८ चैत २२ मा तेस्रोपटक संशोधन गरिएको छ ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports