विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कलाकार मदनदास श्रेष्ठलाई राप्रपाले काठमाडौंको मेयरमा उम्मेदवार बनायो

572
shares

काठमाडौं ।कलाकार मदनदास श्रेष्ठलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनाएको छ। महानगर समितिको बिहीबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरेको प्रवक्ता मोहन श्रेष्ठले  जानकारी दिए।

यसअघि पार्टीको शीर्ष तहमा श्रेष्ठलाई मेयरको उम्मेदवारमा मदन सहित पूर्वसचिव केदारबहादुर अधिकारी र पूर्वएसएसपी दीपक रञ्जितको नाममा छलफल भएको थियो। पार्टीमा लामो समय देखि सक्रिय रहेका कलाकार श्रेष्ठलाई आफूहरूले मेयरमा उठाएको श्रेष्ठले बताए।

यस्तै राप्रपाले ललितपुरमा अष्ट महर्जन, पोखरामा शंकर खराल, वुटवलमा मृगेन्द्र शेरचन, दमकमा राम थापा, सिद्धार्थनगरमा सागर प्रताप राणालाई मेयरमा सिफारिस गरेको छ।

प्रवक्त श्रेष्ठका अनुसार २०७४ को स्थानीय निर्वाचनमा एमाले, राप्रपा, कांग्रेस र माओवादी केन्द्र दमक नगरपालिकामा एक्ला एक्लै भिडे पनि यसपटक गठबन्धन सँग तालमेल गरेर जाने भएको हो। दमकमा राप्रपाले प्रमुख र कांग्रेसले उपप्रमुख पाउने गरी सहमति भएको थियो।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports