सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चितवन कांग्रेसका सभापतिको कार्यालयमा तालाबन्दी

507
shares

भरतपुर ।भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा (माओवादी केन्द्र)लाई छाडेकामा असन्तुष्टि जनाउँदै चितवन कांग्रेसका नेता कार्यकर्ताले सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन् । असन्तुष्ट पक्षले आज साँझ जिल्ला सभापति राजेश्वर खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । भरतपुरको मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेस बाट उमेदवार उठाउने गरी सत्ता गठबन्धनमा निर्णय भएपछि जिल्ला तहका नेता कार्यकर्ताहरु रुष्ट बनेका छन् ।

यसअघि जिल्ला सभापति पनि महानगरको मेयर नछाड्ने पक्षमा थिए । गठबन्धनको निर्णय भएपछि खनालले केन्द्रीय परिपत्र विपरित गतिविधि नगर्न नेता कार्यकर्तालाई आग्रह गरका थिए । त्यसपछि झनै रुष्ट बनेका कांग्रेस कन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, दिनेश कोइराला, पूर्व सांसद जगन्नाथ पौडेल लगायतका नेताहरुले सभापति खनालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । जिल्ला पार्टी कार्यालयमा भएको भेला पश्चात उनीहरुले तालाबन्दी गरेका हुन् ।

भरतपुरको मेयरमा गठबन्धनका तर्फ बाट माओवादीकी रेनु दाहालले पुनः उमेदवारी दिने भएकी छन् । त्यसका लागि उनले आजै मेयरको पदबाट राजीनामा समेत दिइसकेकी छन् । उनले उपमेयर पार्वती शाह ठकुरी समक्ष राजीनामा दिएकी हुन् । रेनु दाहालले रुख चिह्न बाट चुनाव लड्ने हो भने छलफल गर्न सकिने पूर्व सांसद पौडेलले बताएका छन् । जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी गर्दा कांग्रेस महासमिति सदस्य मिना खरेल, जिल्ला सह–सचिव गोपाल दराई लगायतका नेता कार्यकर्ताको उपस्थिती थियो ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports