linktrix Long Ad
Salt Trading Long Ad

आज काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

728
shares

काठमाडौं। सत्तासीन नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसमिति बैठक शनिबार बिहान ११ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि काँग्रेसको निर्देशन छ ।

बैठकमा स्थानीय तहको निर्वाचनको घोषणापत्र जारी गर्ने विषय सँगै सत्ता साझेदार दल बीचको चुनावी तालमेललाई प्रभावकारी बनाउने र स्थानीय तहको निर्वाचनको तयारी तीव्र पार्ने सन्दर्भमा छलफल हुनेछ । यसअघि कार्यसम्पादन समिति बैठक शुक्रबार बस्ने भनिएका थियो ।

तर पदाधिकारी र पूर्व पदाधिकारी बीच शुक्रबार भएको बैठकमा महानगरपालिका मेयर र उपमेयरको भागबण्डामा सहमति नजुटेपछि बैठक आजका लागि सारिएको हो । शुक्रबार राति साढे ११ बजे सम्म बसेको बैठकमा पनि सहमति भएन । काठमाडौं महानगरपालिका प्रमुखमा सिर्जना सिंहलाई उम्मेदवार बनाउन नेताहरु सहमत भएपनि ललितपुर र विराटनगरको विषयमा सहमति हुन सकेको छैन ।​​काँग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकले महानगरपालिका प्रमुख र उपप्रमुख गरी छ जना उम्मेदवार छान्ने छ । सत्ता गठबन्धन भित्र चुनावी तालमेलको सिट बाँडफाँटमा काँग्रेसको भागमा तीन महानगरपालिका मेयर र उपमेयर परेको छ ।

काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका प्रमुखमा गठबन्धन बाट साझा उम्मेदवारी दिँदै छ । यस्तै भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिका उपप्रमुखमा गठबन्धन बाट साझा उम्मेदवारी दिने छ । काँग्रेसले महानगरको टिकट विधान विपरीत वितरण गर्न लागेको हो । केन्द्रीय संसदीय समितिले महानगरपालिकाका प्रमुख र उपप्रमुखको टिकट वितरण गर्ने व्यवस्था छ । तर संसदीय समिति गठन नभएकाले यस पटक केन्द्रीय कार्यसम्पादन समिति बैठक बाट महानगर उम्मेदवार चयन गर्ने तयारी काँग्रेसको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports