आईजीपी नियुक्ती बिरुद्धको रिटमा अन्तरीम आदेश दिन अदालत द्वारा अस्वीकार
वि.सं.२०७९ वैशाख २२ बिहीवार १६:११
shares

काठमाडौं । सर्वोच्च अदालतले आईजीपी नियुक्तिमा वरिष्ठता मिचेर आफू माथि अन्याय गरेको भनी एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा भएको बहसपछि अन्तरिम आदेश नदिइ कारण देखाउ आदेश मात्र जारी भएको छ । सर्वोच्चले मुद्दाको पूर्ण सुनुवाइका लागि जेठ १७ गते पेसी तोकेको छ । अदालतको यो आदेश सँगै नवनियुक्त आईजीपी धिरजप्रताप सिंहलाई काम गर्ने बाटो खुलेको छ ।






































