kumari
stcnepal

कस्तो रहला आजको मौसम ?

काठमाडौं ।हाल नेपालमा स्थानीय वायु र भारतको मध्य प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागमा बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा साथै बाकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षा भइरहेको छ।

शुक्रबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।उता शनिबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै आइतबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

footer