कांग्रेसले आज काठमाडौंमा आमसभा गर्दै
वि.सं.२०७९ वैशाख २३ शुक्रवार ०७:२६
shares

काठमाडौं ।नेपाली कांग्रेसले आज (शुक्रवार) काठमाडौंमा चुनावी सभा गर्दैछ । कांग्रेसले चुनावी सभा शुरू गरेको तेस्रो दिन आज काठमाडौंमा सभा गर्न लागेको हो । सभालाई प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
यसअघि कांग्रेसले विराटनगर र भरतपुरमा चुनावी सभा गरिसकेको छ । विराटनगरमा बुधवार र भरतपुरमा बिहीवार चुनावी सभा गरेको कांग्रेसले शुक्रवार काठमाडौंमा सभा गर्न लागेको हो । पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार कार्यक्रम तय भएको कांग्रेसले जनाएको छ ।
काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फ बाट नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंह मेयर पदका उम्मेदवार छिन् । आजको सभाले सिंहलाई विजयी गराउन भोट अपिल गर्नेछ ।




































