kumari
stcnepal

सी डिभिजन क्लब आरसी ३२ एकेडेमीलाई १लाख ५० हजार जरिवाना

काठमाडौं ।जारी शहीद स्मारक ‘सी’ डिभिजन लिग खेलिरहेको आरसी-३२ फुटबल एकेडेमीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक लाख ५० हजार जरिवाना गरेको छ ।

एन्फाको अनुशासन कमिटीले ‘सी’ डिभिजन लिग अन्तर्गत पुल्चोक स्पोर्ट्स क्लब विरुद्धको खेलमा अनुशासनहीन कार्य गरेको भन्दै आरसी-३२ लाई १ लाख ५० हजार जरिवाना गरेको हो । लिग कमिटीको सिफारिसमा अनुशासन कमिटीले आरसी-३२ का खेलाडी अनिश श्रेष्ठलाई २ वर्ष तथा बिदुर रिजाल र प्रविन राईलाई १-१ वर्षको प्रतिबन्ध लगाएको छ । उनीहरुलाई एन्फाले आयोजना गरेको वा स्वीकृत गरेको प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको हो ।

यस्तै एन्फाले टिम अफिसियल सन्जीव कार्की र टिम म्यानेजरलाई जारी सिजनको लिगका बाँकी खेलमा प्रतिबन्ध लगाएको छ भने अफिसियल रविन चन्दलाई फुटबल प्रतियोगितामा सहभागी हुनबाट एक वर्षको प्रतिबन्ध लगाइएको छ । एकेडेमीका सन्चालक रविन सुर्खेत जिल्ला फुटबल संघको नवनिर्वाचित अध्यक्ष समेत हुन् । उनी अन्तर्राष्ट्रिय फुटबलर रोहित चन्दका दाइ हुन् । उनले आसन्न एन्फा निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने नपाउने बारे खुलाइएको छैन ।

लिग अन्तर्गत गत आइतबार एन्फा कम्प्लेक्समा भएको पुल्चोक स्पोर्ट्स क्लब विरुद्धको खेलपछि आरसी ३२ का खेलाडी र अफिसियलले खेलपछि भीआईपी एरियामा गएर म्याच रेफ्री र अफिसियल विरुद्ध हातपातमा गरेको एन्फाले जनाएको छ ।

 

 

footer