विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सी डिभिजन क्लब आरसी ३२ एकेडेमीलाई १लाख ५० हजार जरिवाना

559
shares

काठमाडौं ।जारी शहीद स्मारक ‘सी’ डिभिजन लिग खेलिरहेको आरसी-३२ फुटबल एकेडेमीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक लाख ५० हजार जरिवाना गरेको छ ।

एन्फाको अनुशासन कमिटीले ‘सी’ डिभिजन लिग अन्तर्गत पुल्चोक स्पोर्ट्स क्लब विरुद्धको खेलमा अनुशासनहीन कार्य गरेको भन्दै आरसी-३२ लाई १ लाख ५० हजार जरिवाना गरेको हो । लिग कमिटीको सिफारिसमा अनुशासन कमिटीले आरसी-३२ का खेलाडी अनिश श्रेष्ठलाई २ वर्ष तथा बिदुर रिजाल र प्रविन राईलाई १-१ वर्षको प्रतिबन्ध लगाएको छ । उनीहरुलाई एन्फाले आयोजना गरेको वा स्वीकृत गरेको प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको हो ।

यस्तै एन्फाले टिम अफिसियल सन्जीव कार्की र टिम म्यानेजरलाई जारी सिजनको लिगका बाँकी खेलमा प्रतिबन्ध लगाएको छ भने अफिसियल रविन चन्दलाई फुटबल प्रतियोगितामा सहभागी हुनबाट एक वर्षको प्रतिबन्ध लगाइएको छ । एकेडेमीका सन्चालक रविन सुर्खेत जिल्ला फुटबल संघको नवनिर्वाचित अध्यक्ष समेत हुन् । उनी अन्तर्राष्ट्रिय फुटबलर रोहित चन्दका दाइ हुन् । उनले आसन्न एन्फा निर्वाचनमा मताधिकार प्रयोग गर्न पाउने नपाउने बारे खुलाइएको छैन ।

लिग अन्तर्गत गत आइतबार एन्फा कम्प्लेक्समा भएको पुल्चोक स्पोर्ट्स क्लब विरुद्धको खेलपछि आरसी ३२ का खेलाडी र अफिसियलले खेलपछि भीआईपी एरियामा गएर म्याच रेफ्री र अफिसियल विरुद्ध हातपातमा गरेको एन्फाले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports