माधव नेपालले झुक्किएर सूर्यमा मत मागे
वि.सं.२०७९ वैशाख २७ मंगलवार २०:०१
shares
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिह्नमा भोट मागेका छन् । सत्तारुढ गठबन्धनको घटक नेकपा एसका अध्यक्ष नेपालले नेकपा एमालेको सूर्य चिह्नमा मतदान गर्न अपील गरेका हुन् ।
मंगलबार महालक्ष्मी नगर कमिटीले गरेको चुनावी सभालाई सम्बोधनका क्रममा उनले यस्तो भनेका हुन् । उनले वास्तवमा झुक्किएर सूर्यमा मत मागेका हुन् । आफ्नो पार्टीको चिह्न कलम भन्नुपर्ने स्थानमा उनले ‘सूर्य’ चिन्हमा मात्रै छाप लगाउँदै जाने हो,’ भने ।
त्यसपछि अन्य नेताहरुले सूर्य नभएर कलममा भनेपछि सरी भन्दै उनले कलमका लागि भोट मागे ।






































