विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्दै सत्तारुढ दलहरुको संयुक्त अपिल जारी

611
shares

काठमाडौं । सत्तारुढ दलहरुले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको मौन अवधि सुरु हुनु अघि गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्दै संयुक्त अपिल जारी गरेका छन् ।मंगलबार राति १२ बजे देखि मौन अवधि सुरु हुँदैछ । मंगलबार साँझ जारी गरिएको अपिलमा सत्तारुढ गठबन्धनका दल जनताको सुख, दुःखमा एक साथ रहने प्रतिवद्धता जाहेर गरिएको छ ।

‘स्थानीय निर्वाचनले लोकतन्त्रको रक्षा गर्ने छ,’ अपिलमा भनिएको छ, ‘अर्को अर्थमा स्थानीय तह नै लोकतन्त्रको प्राणवायु हो । गठबन्धनको बलमा मुलुकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव छ । यसर्थ गठबन्धनको पक्षमा मतदानका लागि यहाँहरुले विवेकको प्रयोग गर्नुहुने विश्वास लिएका छौं । यस क्षणमा हामी सदैव जनताको सुख, दुःखमा एक साथ रहने प्रतिबद्धता जाहेर गर्दछौं ।’

गठबन्धन दलका अध्यक्षहरुले जारी गरेको अपिलमा कतिपय पालिकामा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ गर्ने सहमति भन्दै गठबन्धनकै जित्ने उम्मेदवारलाई मतदान गर्न आग्रह गरिएको छ ।

‘गठबन्धनमा रहेका दलहरु बीच तालमेलको अधिक प्रयत्नका बावजुद कतिपय पालिकामा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ गर्ने सहमति भएको विदितै छ,’ भनिएको छ, ‘मतदानको सन्निकट आइपुग्दै गर्दा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ मा उत्रेका विभिन्न पालिकाका विभिन्न पदका आफ्ना पार्टीका उम्मेदवारको अवस्था आकंलन गरी विजयको नजिक रहेका गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न पार्टी तहमा आह्वान गर्दछौं ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports