विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मौन अवधिमा अझ गम्भीर बन्न प्रेस काउन्सिलको आग्रह

598
shares

काठमाडौं ।प्रेस काउन्सिल नेपालले मौन अवधिमा झन् गम्भीर बन्न आम सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल प्रयोगकर्तामा अपिल गरेको छ । पटक–पटक आग्रह गर्दा पनि पत्रकारिताजगत् आचारसंहिता तर्फ गम्भीर भएको नपाइएको भन्दै आज राति १२ बजे देखि मौन अवधि हुने भएकाले यो अवधिमा अझ गम्भीर बन्न काउन्सिलले सुझाएको हो ।

मौन अवधि झन् संवेदनशील हुने र यस अवधिमा सम्प्रेषित समाचार र समाचार–सामग्रीका कारण मतदाता प्रभावित हुन सक्ने अवस्था रहने वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘राजनीतिक दल वा उम्मेदवारको निर्वाचन सम्बन्धी कुनै पनि विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण नगर्न, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यम बाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार–प्रसारका सामग्री पोष्ट वा शेयर नगर्न, लाइक, कमेन्ट, प्रतिकमेन्ट गर्न, समाचार प्रकाशन वा प्रसारण नगर्न, राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापन, टक सो, टिप्पणी, विश्लेषण प्रश्नोत्तर जस्ता कार्यक्रम नगर्न’ उक्त विज्ञप्ति मार्फत सजग गराइएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports