विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाँच दलीय भर्सेस नेकपा एमाले

559
shares

 

काठमाडौ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको परिणाम मिश्रित आएको छ । सत्ता गठबन्धनले गठबन्धन नै गरेर निर्वाचनमा गएका भएपनि उनीहरुले आशा गरेनुसारको परिणाम लउन उनीहरु असफल सावित भएका छन् ।
दलहरुले एक्लाएक्लै निर्वाचनमा गएका भए नेकपा एमाले नै सबैभन्दा ठुलो पार्टी हुने सक्ने थियो भन्ने प्रमाण त अहिले आएको चुनावी परिणामले नै देखाएको छ । पाँच दलीय गठबन्धन गरेर चुनावमा गएका दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रलाई भने गठबन्धन फापेको जस्तो देखिएको भएपनि गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चालाई भने गठबन्धन अभिसाप भएको छ ।
२०४७ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले २ सय ६४ वटा स्थानीय तहमा निर्वाचन जितेको थियो भने यसपाली ३ सय देखि ३१५ को हाराहाहरीमा निर्वाचनको परिणाम ल्याउन सक्ने अवस्था देखिएको छ ।
नेकपा एमालेले २०७४ को निर्वाचनमा २९४ स्थानमा जित हाँसिल गरेको थियो तर यसपटकको चुनावमा पाँच दलीय गठबन्धन बनाएका र पार्टी समेत विभाजन भएकाले गर्दा एमालेले यसपटकको निर्वाचनमा २ सय देखि २२० स्थानमा जित हाँसिल गर्न सक्ने अवस्था देखिएको छ ।
त्यसैगरी माओवादी केन्द्रले २०७४ मा १ सय ६ वटा पालिकामा जित हाँसिल गरेको यस पटक केही मात्रामा बढाएर १ सय देखि १ सय २५ सम्म पु¥याउन सक्ने अवस्था परिणामले देखाएको छ । नेकपा एकीकृत समाजवादीले अहिलेसम्म उल्लेखनीय उपलब्धी हाँसिल गर्न सकेको छैन ।
दुई स्थानीय तहमा निर्विरोध भएपनि अन्य केही स्थानमा मात्र जित हाँसिल गर्न सकेको छ । एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेताहरुकै जिल्लामा उसले हार खेपेको छ । जनता समाजवादीले पनि २०७४ मा जित हाँसिल गरेका भन्दा कम मात्रामा जित हाँसिल गर्न सक्ने सम्भावना देखिएकोले गर्दा गठबन्धन उसलाई पनि अभिसाप जस्तै भएको छ ।
सत्ता गठबन्धनले कतिपय ठाउँमा गठबन्धन गरेका भएपनि उनीहरुले गठबन्धनभित्रै रहेका दलका नेता तथा कार्यकर्ताहरुको मत पाउन सकेनन् ।
नेकपा एकीकृत समाजवादी त कांग्रेसलाई जिताउने हतियारका रुपमा मात्र प्रयोग भएको जस्तो देखिएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने गरेका थिए स्थानीय तहको निर्वाचनपछि एमाले सत्यानास हुन्छ भनेर तर ठीक उल्टो उनैको पार्टी पो सत्यनास भयो ।
स्थानीय तहको निर्वाचनको परिणामले गर्दा माधव नेपालले पार्टी विभाजन गराएर नयाँ पार्टी बनाएको पुष्टि गर्न सकेनन् । एक्लाएक्लै निर्वाचनमा गएका भए त समाजवादी पार्टीले हात लाग्यो शुन्य भन्नुपर्ने अवस्थामा पुग्न सक्ने सम्भावना पो देखियो त !

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports