विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलोमा ग्याँस बोकेको बुलेटमा लागेको आगो नियन्त्रणमा

624
shares

चितवन ।चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा ग्याँस बोकेको बुलेटमा लागेको आगो नियन्त्रणमा आएको छ । नेपाली सेना, नेपाल प्रहरी र भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बुलेटको क्याविन र अगाडिको टायर क्षति भएको छ । सो ग्याँस बुलेट भारतको उडिसा स्थित पैरवी ग्याँस कम्पनी बाट धादिङ स्थित श्रीराम ग्याँस उद्योगको लागि ल्याएको र ग्याँस भने सुरक्षित रहेको प्रहरीले जनाएको छ । नारायणगढ बाट मुग्लिन तर्फ जाँदै गरेको यूपी १७ एटी ८६२७ नम्बरको बुलेटमा दिउँसो १ बजेतिर आगलागी भएको थियो । बुलेटमा लागेको आगो नियन्त्रणमा लिने क्रममा नारायणगढ मुग्लिन सडकखण्डमा सवारी आवागमन रोकिएको थियो ।

आगो नियन्त्रणमा लिएपछि दिउँसो २ बजे देखि सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports