विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओलीले पदीय गरिमा कायम नगरेको मन्त्री बडुको टिप्पणी

637
shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र बडुले एमाले अध्यक्ष केपी शर्मा ओलीले पदीय गरिमा कायम नगरेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा मन्त्री बडुले बिहीबार एमाले अध्यक्ष ओलीले दिएको अभिव्यक्तिको प्रतिवाद गरेका थिए ।

‘प्रतिपक्ष दलको नेताले आधारहिन र झुठा आरोप लगाउनुभएको छ । यो आरोप खेदजनक छ । यसको हामीले विरोध गर्छौं । आपत्ति जनक छ । झुठा छ । आधारहिन छ ।’ बडुले संसदमा भने, ‘अभिव्यक्ति पूर्वाग्रही छ । प्रतिपक्ष दलको नेताको गरिमा बच्यो कि सकियो ?’

नेपाल आयल निगमलाई खारेज गरि निजीकरण गर्न लागिएको ओलीको बिहीबारको बोलीप्रति मन्त्री बडु रुष्ट देखिएका थिए । ‘आयल निगम खारेज गरेर कमिसन आधा खाइसक्यो’, मन्त्री बडुले ओलीलाई प्रश्न गरे, ‘आधा खान बाँकी छ भनेर कुन आधारले भनेको हो ? यसको जवाफ चाहिन्छ । म उहाँहरु (एमालेका सांसद)लाई चुनौती दिन चाहन्छु ।’

मन्त्री र मन्त्रालयत र्फ लगाइएको आरोपको खण्डन गर्दै बडुले एमाले अध्यक्ष ओलीको बोली निराधार र झुठा आरोप लगाएको बताए । आफ्नो बोलीलाई प्रमाणित गरेर देखाउन समेत उनले एमालेलाई चुनौती दिए । एमाले अध्यक्ष ओलीको बोलीको मन्त्री बडुले प्रतिवाद गरेपछि एमाले सांसदले संसद अवरुद्ध गरेका छन् । आफ्ना अध्यक्षको बोलीलाई ‘स्तरहीन’ भनिएको प्रति उनीहरुको आपत्ति छ ।

अध्यक्ष ओली लक्षित मन्त्रीको बोली रेकर्ड बाट हटाउन एमाले सांसदहरुको माग छ । एमालेले अवरुद्ध गरेपछि १५ मिनेटका लागि स्थगित भएको बैठक सुरु हुन सकेको छैन ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports